ताजा अपडेट »

माओवादी महाधिवेशनको निष्कर्ष : यथास्थितिमा एमसीसी पारित नगरियोस्

मंगलबार, २० पुस २०७८, १२ : २५
8 Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) यथास्थितिमा पारित नगर्ने निष्कर्ष निकालेको छ ।काठमाडौंमा हालै सम्पन्न आठौँैं महाधिवेशनवाट समसमायिक प्रस्ताव पारित गर्दै माओवादीले एमसीसी यथास्थीतिमा पारित नगर्ने निष्कर्ष निकालेको हो ।

‘राष्ट्रव्यापी तथा अन्तर्राष्ट्रिय रूपमै गम्भीर छलफलमा रहेको नेपाल सरकार र एमसीसीबीच भएको सम्झौताका कतिपय प्रावधानहरू नेपालको राष्ट्रियता, सार्वभौमिकता, स्वाधीनता र हित प्रतिकूल असर पर्ने देखिएकाले यथास्थितिमा उक्त सम्झौता पारित नगरियोस्,’ माओवादीको जोड छ, ‘यस विषयमा सम्पूर्ण राजनीतिक दल, सरकार र संसदसहित समग्र राष्ट्रिय सहमति कायम गर्दै अघि बढ्न यो महाधिवेशन माग गर्दछ ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।