ताजा अपडेट »

माओवादी केन्द्रले टुंग्यायो राष्ट्रियसभाका उम्मेदवार

मंगलबार, २० पुस २०७८, १० : ४३
38 Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्य उम्मेदवार टुंगो लगाएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारहरूको टुंगो लगाएका हुन्।

प्रचण्डले प्रदेश २ मा उर्मिला अर्याल, गण्डकीमा सुरेश आलेमगर (अन्य समूह) र भरत सुनार (दलित), कर्णालीमा नरबहादुर विष्ट (अपांग/अल्पसंख्यक) र सुदूरपश्चिममा जगत पार्की (दलित)लाई उम्मेदवार चयन गरेका छन् । 

उम्मेदवारहरूले आज १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेदवारी दर्ता गरिसक्नुपर्नेछ। राष्ट्रिय सभा सदस्य निर्वाचन भने माघ १२ मा हुनेछ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।