ताजा अपडेट »

माओवादीका नवनिर्वाचित केन्द्रीय सदस्यले लिए शपथ

सोमबार, १९ पुस २०७८, १६ : ४१
6 Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका नवनिर्वाचित केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । सानेपास्थित हेरिटेज गार्डेनमा आयोजित कार्यक्रममा नवनिर्वाचित केन्द्रीय सदस्यहरूले शपथ लिएका हुन् । 

कमलादीस्थित प्रज्ञा भवनमा आइतबार सम्पन्न आठौं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २३६ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका थिए जसलाई हलको ध्वनीमतका आधारमा निर्वाचित गरेकाे थियाे । २९९ केन्द्रीय सदस्यमध्ये ती नै नवनिर्वाचित  सदस्यले सोमबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

घोषणा गरिएका १४५ खुल्ला केन्द्रीय सदस्यमध्ये १११ को विवरण प्राप्त भएको छ । त्यसमा बाँकी रहेका ३४ भने केन्द्रीय समितिले मनोनयन गर्नेछ ।  यस्तै, विभिन्न जाती, क्षेत्र तथा समुदायका तर्फबाट अर्थात् समानुपातिक तर्फबाट १२५ को नाम घोषणा गरिएको छ । समानुपातिकतर्फ २९ भने केन्द्रीय समितिले मनोनयन गर्नेछ । माओवादीको केन्द्रीय समिति २९९ सदस्यीय हुने विधानले व्यवस्था गरेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।