ताजा अपडेट »

महाधिवेशनकै बीचमा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु

शुक्रबार, १६ पुस २०७८, १२ : १०
8 Shares

काठमाडौं । माओवादी केन्द्रको स्थायी समितिको बैठक सुरु भएको छ । आठौं राष्ट्रिय महाधिवेशनकै बीचमा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा माओवादीको स्थायी समिति बैठक बसेको हो ।

समूहगत छलफलमा निष्कर्षको रूपमा पेस भएका धारणा र सुझावहरुको प्रस्टीकरणको तयारी हुँदै गर्दा स्थायी समिति बैठक बसेको हो । आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिका प्रश्नको जवाफ दिने भएका छन् । प्रचण्डले जवाफ दिएपछि नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुुरु हुने भएको छ ।

आजको स्थायी समिति बैठकमा पदाधिकारीमा सर्वसम्मत् बनाउने विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।