ताजा अपडेट »

देउवा भेट्न प्रचण्ड बालुवाटार पुगे

शुक्रबार, ०२ पुस २०७८, ११ : ३७
4 Shares

काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री तथा नवनिर्वाचित कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । 

देउवा भेट्न शुक्रबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रचण्ड पुगेका हुन् । उनले सभापतिमा निर्वाचित भएको देउवालाई बधाई तथा शुभकामना दिएका छन् । 

साथै वर्तमान राजनीतिक परिस्थितिसहित गठबन्धनको आगामी रणनीतिबारे पनि उनीहरूबीच छलफल भएको छ । संसदमा देखिएको राजनीतिक गतिरोध अन्त्यका विषयमा पनि प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल भएको छ ।  
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।