ताजा अपडेट »

दुई पालिकामा अख्तियारको एकसाथ छापा : ठूलो अनियमितताको आशंका, कागजात नियन्त्रणमा

मंगलबार, २८ मंसिर २०७८, १४ : २०
12 Shares

काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूलो अनियमितताको आशंका भक्तपुरको चाँगुनारायण नगरपालिका र सुनसरीका भोक्राहा नरसिंह गाउँपालिकामा एकसाथ छापामा मारेको छ । 

अख्तियारको केन्द्रीय टोलीले मंगलबार दिउँसो छापा मारेर पाँच लाख रुपैयाँभन्दा बढी भुक्तानी भएका बिलसहितका कागजात र विकास निर्माण कार्यका खरिदजन्य कागजात नियन्त्रणमा लिएको हो । 

उक्त दुई पालिकामा ठूलो अनियमितता भएको आशंका छापा मारेर कागजात नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।