ताजा अपडेट »

शेखर कोइरालाले गरे दोस्रो चरणको निर्वाचनमा जाने निर्णय

मंगलबार, २८ मंसिर २०७८, १३ : ५१
2 Shares

काठमाडौं । कांग्रेस सभापतिका उम्मेदवार शेखर कोइरालाले दोस्रो चरणको निर्वाचनमा जाने निर्णय गरेका छन् । सभापतिमा पहिलो चरणको निर्वाचनपछि आएको मत परिणामको समीक्षा गर्न मंगलबार दिउँसो बसेको कोइराला समूहको बैठकले दोस्रो चरणको निर्वाचनमा जाने निर्णय गरेको हो ।

कोइरालाको यो निर्णयसँगै अब कांग्रेस सभापतिका लागि आज दिउँसो साढे ३ बजेदेखि पुनः मतदान हुने निश्चित भएको छ । सभापतिका अर्का उम्मेदवार शेरबहादुर देउवालाई संस्थापन इतर समूहका नेताहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याणकुमार गुरुङले समर्थन गर्ने घोषणा गरिसकेका छन् ।

इतर समूहले सहयोग नगरे पनि कोइरालाले चुनावबाटै फाइनल हुने निर्णय रोजेका छन् । उनले अन्तर्मनको आवाज सुनेर भोट हाल्न कांग्रेस महाधिवेशन प्रतिनिधिहरूलाई अपिल पनि गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।