ताजा अपडेट »

काँग्रेस महाधिवेशन : युवाहरूकाे गुनासाे- वृद्ध नेताहरूले युवालाई अवसर दिँदैनन्

शनिबार, २५ मंसिर २०७८, ०८ : ४२
4 Shares

काठमाण्डौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि देशभरबाट चार हजार ६०० प्रतिनिधिहरू सहभागी छन् । तीमध्ये सयौँ संख्यामा युवाहरूको उपस्थिति देखिन्छ । तर, महाधिवेशनमा आएका युवापंक्ति भने कांग्रेसको नेतृत्वमा युुवा पुस्ताहरूलाई आउनबाट वृद्ध नेताहरूले अवरोध गर्ने गरेको भन्दै गुनासो गरेका छन् । 

‘आउन त देशभरबाट महाधिवेशनमा युुवाहरू पनि प्रतिनिधी भएर आएका छन् । तर, सभापतिमा र अन्य ठूला पदमा भने बुढापाका नेताहरूले नै ठाउँ ओगट्छन् । युवा पुस्तालाई अवसर भन्ने नारा लगाउने अनि अवसर भने आफैँ लिइराख्ने गर्छन्’, लमजुङबाट महाधिवेशन हेर्न आएका सन्तोष श्रेष्ठ भन्छन् । 

काभ्रेबाट आएका सूर्यबहादुर लामा पनि कांग्रेसको अधिकांश केन्द्रीय पदमा युवाहरूको नेतृत्व देख्न चाहन्छन् । तर, युवा पुस्ताले खासै अवसर नपाउने उनको तर्क छ । लामा भन्छन्, ‘हाम्रो इच्छा त युवाहरू धेरैभन्दा धेरै नेतृत्वमा आउन पाउनु पर्छ भन्ने हो । युवाहरू नेतृत्वमा आए समृद्धि र रुपान्तरण सम्भावना छ । तर, पार्टीमा क्षमता, दक्षताभन्दा बढी उमेर हेरिन्छ । वृद्ध नेताहरू नै नेतृत्वमा आउन खोज्छन् ।’

पछिल्लो समय कांग्रेसमा युवाहरूको नेतृत्वका विषयमा व्यापक रूपमा बहस हुने गरेको छ । तर, बहस भएअनुसार अवसर दिनबाट पार्टी नेतृत्वहरू लागि नपरेको महाधिवेशनमा भेटिएकी सुनिता रिमालको बुझाइ छ । उनी भन्छिन्, ‘भन्न त अब युवाहरूलाई अवसर भनिन्छ नि । तर, पद दिने बेला सधैँ पछाडि पारिन्छ । जसले नेताको चाकडी गर्छ, जाे धनि छ, उसले अjसर पाउँछ । नत्र आम युवाहरूले खासै अवसर पाउँदैनन् ।’ 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।