ताजा अपडेट »

एमाले महाधिवेसनको सन्देश

विहीबार, २३ मंसिर २०७८, १७ : ३०
62 Shares

कुनै पनि देशको सामाजिक, आर्थिकक, राजनैतिक, धार्मिक, साँस्कृति, पर्यावरणीय तथा सर्वपक्षीय विकास सहि मार्गमा हिड्नको लागि देशमा स्थापित रहेका राजनैतिक दलहरुको विचार, कार्यदिशा र रणनीतिक योजनाहरु स्पष्ट हुनु जरुरी छ । यसका साथै उल्लेखित पक्षहरुलाई अभ्यासमा लैजाने र आसातित् उपलब्धि पूर्ण रुपमा प्राप्ती गर्नका लागि नेतृत्वको कार्य दक्षता पनि कुशल हुन आवश्यक छ । देशमा रहेका मुख्य पार्टीहरुले अहिले आफ्नो पार्टीको महाधिवेशन समपन्न गर्न लागिरहेका छन् ।

ती अधिवेशनहरुले अहिले सबै पार्टिहरुमा युवालाई आकर्षित गर्न सफल रहेका छन् । पछिल्लो समयमा देशको राजनीतिमा युवाहरुको रुची बढेको कारणले गर्दा विगत सात दशकदेखीको देशको सर्वपक्षीय विकास सहितको सामाजिक न्यायपूर्ण नेपाल निमार्ण हुने कुरामा आसा पलाएको छ । मुलुकको सामाजिक, आर्थिक, साँस्कृतीक, पर्यावरणीय रुपान्तरणका साथै दीर्घकालिन आर्थिक र राजनैतिक कुटनीति निमार्णमा समेत यस्ता महाधिवेशन र विधान महाधिवेशनहरु महत्वपूर्ण रहने गर्दछन् ।

प्रस्तुत लेखमा मंसिर १० देखी १४ सम्म चितवनमा भएको नेकपा एमालेको अधिबेशनको सन्देशका बारेमा चर्चा गरिनेछः

देशको प्रमुख पार्टीले भखर्र्र्रै मात्र आफ्नो विधान तथा राष्ट्रिय महाधिवेसन सम्मपन्न गरेको छ । देश तथा विदेशमा रहेका सबै लगानीकर्ताहरुले यो पार्टीले अपनाउने आर्थिक नीतिलाई रणनीतिक महत्वले हेरेको भए पनि खास चिज प्रदान गर्न सकेको छैन । जबजमा रहेको आर्थिक चिन्तन मान्ने वा दलाल पूँजीवादको मतियार बन्ने भन्ने बहस भएता पनि एमालेले आफ्नो आर्थिक चिन्तनलाई दोहोरो चरित्रमा उभ्याएको छ । आर्थिक उदारीकरण, विश्वव्यापीकरणका कारणले नेपाली अर्थतन्त्रमा गरिब र पहुँच नहुने वर्गका नागरिकहरुका सबालमा पार्टीले लिने आर्थिक मोडलका बारेमा विधान सभा र महाधिवेसनमा छलफल नहुनु दुःखद पक्ष हो ।

देशमा दलाल पूँजीवाद हावी भएको र यसको असर मुलुकको पहिलो कम्युनिष्ट पार्टीमा पनि देखिएको समयमा यसका विरुद्धमा संघर्ष गरि राष्ट्रिय पूँजीको विकास र विस्तारका लागि जबजले स्थापित गरेका आधारलाई प्रयोगमा लैजाने निर्णय गर्न नसक्नुले देशको आर्थिक विकासको ठोस मोडल स्थापना हुने आधारको सिर्जना गर्न यो महाधिवेन असफल रह्यो । सर्वहारा कम्युनिष्टको पार्टीका रुपमा जनतामाझ आफूलाई स्थापित गराउनका लागि आवश्यक पर्ने पहिलो आभार भनेकै पार्टीले अपनाउने नीतिहरु मध्ये जनताले फरक छुट्याउने आधार भनेको पार्टीको आर्थिक चिन्तन हो । पार्टीको महाधिवेसन आर्थिक रुपमा मितव्ययी नभएर पूँजीवादी पार्टीको भन्दा फरक नभएको कारणले पनि पार्टीले मौन रुपमा नवपूँजीवादलाई स्वीकारेको पाइन्छ । जसका कारण सामाजिक न्याय सहितको समातामूलक समाज निमार्णका आधारहरु के–के हुनेछन् भन्नेमा अन्योलता सिर्जना भएको छ ।

प्रत्येक वर्ष ४ लाख ५० हजार भन्दा धेरैका दरले श्रम गर्नका लागि तयार हुने युवा श्रमिकहरुको शारीरिक र मानसिक क्षमतालाई अर्थतन्त्रका कुन–कुन क्षेत्रमा समावेश गराई समाजवादी अर्थतन्त्र स्थापित गर्ने कुराको स्पष्ट व्याख्या गरिएको छैन । यद्यपि पार्टीको आन्तरिक अर्थतन्त्र मजबुत रहेको र यसलाई आवश्यकताका आधारमा प्रयोगमा ल्याउन तथा कोषको आकारमा वृद्धि ल्याउन कार्यकर्ता तयार रहेको कुरालाई भने प्रमाणित गरेको छ ।

नेकपा ऐमालेको दशौं महाधिवेसनले देशको समग्र विकासका लागि आगामि आवधिक निर्वाचनमा देशको प्रमुख राजनैतिक शक्तिका रुपमा पार्टीलाई स्थापित गर्ने निर्णय गरेको छ । पार्टीले अपनाएको राजनैतिक कार्यदिशा र रणनीति राम्रो रहेकोले देशव्यापी रुपमा युवा जनशक्तिको आर्कषण बढेको निश्कर्ष निकालेको छ । राजनैतिक रुपमा पार्टीको नक्सा ठिक रहेको हुनाले यसलाई प्रयोग गरि समृद्ध नेपाल सुखी नेपालीको अवधारणलाई अगाडी बढाउनको लागि पार्टीमा जबजको विचार युवाको नेतृत्व भन्ने मान्यतालाई यस पटकको १० औं महाधिवेसनले स्थापित गरेको कुरालाई राजनैतिक सन्देशका रुपमा प्रदान गरेको छ ।

नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएपछि अत्यधिक चासोका साथ हेरिएको यो महाधिवेसनले पार्टीमा जबजको मूल मर्म विपरीत जर्वजस्त लाद्न खोजिएको सर्वसत्तावाद, अहमता, निषेधको राजनैतिक संस्कारलाई सदाका लागि त्याग्नु पर्दछ भन्ने स्पष्ट सन्देश प्रदान गरेकोछ । एक जिवन्त पार्टीमा व्यक्तिलाई प्रमुख नमानेर विचार, योजना, कार्यदिशाहरुलाई प्राथमिकता दिएर बढ्नु पर्ने विश्वव्यापी सिद्धान्तलाई आत्मसाथ गरेर अगाडि नबढेको कारणले पार्टी फुटेको राजनैतिक निचोड निकालिएको छ ।

नेकपा एमालेले महाधिवेसनले दिएको अर्को सकारात्मक सन्देश भनेको कार्यकर्ताहरु पर्यावरणीय सरसफाईका क्षेत्रमा पूर्ण सचेत छन् भन्ने हो । उनिहरुले महाधिबेसनको उद्घाटन समारोह तथा बन्द शत्र चलेको स्थानमा गरेको सरसफाई कार्य, ठाँउ–ठाँउमा राखिएका स्वास्थ्य चेक पोस्ट जुन गर्व गर्न लायक कार्य नै हुन् । बिडम्बना यो महाधिवेसनका प्रतिनीधिहरु मात्र कण्डमका रुपमा प्रयोग गर्न लागिएका फगत पात्रमा सिमित रहन पुगे । पार्टीले जबजको मूल मर्मलाई आत्मसाथ गरेको महशुस आम कार्यकर्ता र शुभचिन्तकले गर्न पाएनन् ।

पार्टीको केन्द्रिय नेतृत्व र जिम्मेवार महत्वपूर्ण पदमा पुरानै अनुहार आएकाले अबको राजनीति पनि युवालाई भरिया बनाउने बाहेक अन्य केही नहुने स्पष्ट सन्देश प्रवाह भएकोछ । वृद्ध नेतृत्वको अनुभव सहितको सुझाब, सल्लाह, वयस्कको निगरानी र युवाको नेतृत्व सहितको एमाले बन्न नसक्नु सामान्य परिवारका युवा जनशक्तिका लागि खुसीको क्षण होइन । केन्द्रिय नेतृत्वको साँगठनिक जिम्मेवारीको अवस्थालाई हेर्दा वर्तमान संविधानले परिकल्ना गरेको समतामूलक समाजको अवधारणालाई पूर्ण रुपमा कार्यान्वयनमा लगेको देखिदैन ।

महाधिवेसनमा प्रस्तुत गरिएका राजनैतिक प्रतिवेदन, संग्ठानात्मक प्रस्ताव र विधान शंशोधन लगायतका विषयहरु सर्वसहमत पारित हुनुलाई अर्थपूर्ण तरिकाले हेरिएको छ । दक्षिणपन्थी अवसरवाद, दलाल पूँजीवादको प्रभाव नेपाली समाजबाट विस्थापित हुने आधार तयार पारी अगाडि बढ्नु नयाँ नेतृत्वको प्रमुख चुनौती रहेको छ ।

हुमराज भुसाल
लेखकको बारेमा
हुमराज भुसाल