ताजा अपडेट »

काँग्रेस केन्द्रिय सदस्यमा लुम्बिनीका ऊर्जा, जलस्रोत मन्त्री रानाको उमेद्वारी

मंगलबार, २१ मंसिर २०७८, १४ : ३८
4 Shares

बुटवल । नेपाली काँग्रेसका नेता तथा लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिंचाई बिरबहादुर रानाले काँग्रेसको १४ औं महाधिवेशनमा केन्द्रिय सदस्यका लागि उमेद्वारी घोषणा गरेका छन् । रानाले आदिवासी जनजाति कोटाबाट केन्द्रिय सदस्यमा उमेद्वारी दिने मँगलबार सार्वजनिक गरेका हुन् ।

काँग्रेसको राष्ट्रिय मगर संघको केन्द्रिय संयोजक तथा पाल्पा जिल्लाको २ पटक सभापति भएका रानाले व्यक्तिवादी राजनीतिको अन्त्य गरी संस्थागत भीधिको विकासका लागि आफ्नो उमेद्वारी रहेको उल्लेख गरे । पार्टीको संस्थागत विकास गर्न परिणाममूखि कार्य सम्पादनका आधारमा मूल्य परिपाटीको स्थापनाका लागि आफू केन्द्रीय सदस्य बन्नु पर्ने उल्लेख गरे ।

आफू केन्द्रीय सदस्य भएपछि राजनीतिप्रतिको नैराश्यलाई हटाई पार्टीप्रति आकर्षण बढाउने काममा क्रियाशिल रहने प्रतिवद्धता गरेका छन् । नैतिकवान, निष्ठावान, अनुशासित एवम् ईमान्दार कार्यकर्ता निर्माण गरी कांग्रेसलाई लोकतान्त्रिक विधि विधान र पद्धतिमा चल्ने बनाउनु पर्नेमा उनले जोड दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।