ताजा अपडेट »

आगामी निर्वाचनमा एमालेले बहुमत होइन दुई तिहाइ पाउँछ : रावल

शुक्रबार, १० मंसिर २०७८, १६ : ३२
4 Shares

चितवन । नेकपा एमालेकी चितवन जिल्ला अध्यक्ष पार्वती रावलले चितवन सबै हिसाबले आत्मनिर्भर बन्दै गएको बताएकी छिन् । एमाले १०औँ महाधिवेशन उद्घाटनका क्रममा नेकपा एमालेले चितवनलाई महाधिवेशन स्थल बनाएकोमा खुसी व्यक्त गरिन । 

सो क्रममा उनले भनिन्, ‘चितवन विकास निर्माण, शिक्षा क्षेत्र, स्वास्थ्य उपाचार केन्द्रहरू निर्माणका हिसाबले निकै अगाडि रहेको छ । यस्तै, पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली शर्मा नेतृत्वको सरकारले चितवनलाई रामग्राम क्षेत्रका रुपमा पनि विकास गरेको बताइन । उनले आगामी निर्वाचनबाट नेकपा एमाले बहुमत होइन दुईतिहाई मत पाउने दाबी पनि गरिन छ । उनले भनिन्, ‘आगामी निर्वाचनमा नेकपा एमालेले बहुमत होइन । दुई तिहाइ पाउनेछ ।’ 

महाधिवेशन आयोजक जिल्ला सभापतिका हिसाबले उनले महाधिवेशन स्थल व्यवस्थापनमा सकारात्मक रचनात्मक भूमिका खेल्ने सबैलाई हार्दिक धन्यवाद पनि दिइन । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।