ताजा अपडेट »

एमालेमा कोही पनि विचार समूहमा विभाजित छैनन्, एक छन् : शंकर पोखरेल

शुक्रबार, १० मंसिर २०७८, १२ : ०४
2 Shares

चितवन ।  नेकपा एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले एमाले एकताका साथ महाधिवेशनमा होमिएको बताएका छन् । 

दशौं महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी कार्यकर्ताहरूलाई शुभकामना दिँदै पोख्रेलले भने, ‘पार्टी एकताबद्ध र एकढिक्का छ । यतिबेला नेतृत्वप्रति असहमति प्रदान गर्ने कुरा पार्टी र आन्दोलनको हितमा हुँदैन ।’ विगतका महाधिवेशनमा जस्तो यसपटक कोही पनि समूहगत रूपमा विभाजित नभएको भन्दै पोखरेलले महाधिवेशनले सशक्त र एकताबद्ध एमाले निर्माण हुने बताए ।

‘हामी कुनै विचार समूहमा विभाजित भएका छैनौं । महाधिवेशनबाट सशक्त र एकताबद्ध एमाले निर्माण गर्दैंछौं’, पोखरेलले भने, ‘कार्यकर्ताहरूले दिएको म्यान्डेटअनुसार हामी अगाडि बढेका छौं । कार्यकर्ताहरूको म्यान्डेटविपरीत हामी अगाडि बढ्दैनौँं ।’ 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।