ताजा अपडेट »

बुटवल मोतीपुर घटनाः अधिकारकर्मीको प्रतिवेदन सार्वजनिक, ‘समयमै व्यवस्थापन गर्न नसक्दा घटना’

बुधबार, ०१ मंसिर २०७८, १६ : ३८
4 Shares

बुटवल । बुटवलको मोतिपुर घटनाको पुर्वानुमान गरी सम्बन्धित निकायले समयमै व्यवस्थापन गर्न नसक्दा घटनाले हिंसात्मक रुप लिएको विभिन्न मानव अधिकार सङ्घ संस्था प्रतिनिधीले बताएका छन् ।

कात्तिक ४ र ५ गते नेपाल बार एशोसिएशनका उपाध्यक्ष अधिवक्ता सुनिलकुमार श्रेष्ठ, इन्सेक लुम्बिनी प्रदेशका प्रमुख भोला महत, इन्सेक रुपन्देही प्रतिनिधिकी रीमा बिसी,एडभोकेसी फोरमका प्रदेश संयोजक बसन्त गौतम र अधिवक्ता इन्द्रिरा आचार्य, राष्ट्रिय मानव अधिकार आयोगकाअधिकृत बसन्त अर्याल र दिपक ठाकुर, मानव अधिकार एलाइन्सका प्रतिनिधि पोम नारायण पौडेल र नेपाल बार एशोसिएसन रुपन्देहीका प्रतिनिधि मंगला पाण्डे लगायतको टोलिले घटनाको स्थलगत अनुगमन गरेका थिए ।

टोलीले बुधबार सार्वजनिक गरेकोे प्रतिवेदनमा घटनाको पुर्वानुमान गरी समयमै त्यसको उचित व्यवस्थापन गर्न नसक्दा घटनाले हिंसात्मक रुप लिन गएको प्रतिवेदनमा उल्लेख गरिएको छ । ‘घटनाको पुर्वानुमान गरी समयमै त्यसको उचित व्यवस्थापन गर्न नसक्दा घटनाले हिंसात्मक रुप लिन गएको पाईयो । अन्तत चार जना नागरिकले ज्यान गुमाउनु प¥यो भने ७० जनाभन्दा बढी घाइते भए ।

लामो समयदेखि मोतिपुर औद्यौगिक क्षेत्रको जग्गाका बारेमा ‘अतिक्रमण’कारी र स्थानीय सरकारबिच द्वन्द्व भएपनि राजनीतिक दल,स्थानीय जनप्रतिनिधिहरूका बिच प्रभावकारी समन्वय, सहकार्य नभइदिँदा दुःखद घटना हुन पुगेको देखियो ।’– प्रतिवेदनमा उल्लेख गरिएको छ ।घटनास्थल नजिकै रहेको एक घरको झण्डै १० फिट माथि घरको भित्तामा गोलीको चोट देखिनुले पनि अन्धाधुन्ध गोली चलेको हुनसक्ने अनुमान गरिएको टोलिले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

‘घटनास्थल नजिकै रहेको एक घरको झण्डै १० फिट माथि घरको भित्तामा गोलीको चोट देखिनुले पनि अन्धाधुन्ध गोली चलेको हुनसक्ने अनुमान गर्न सकिन्छ । अनियन्त्रित भीडले सुरक्षाकर्मीलाई घटनास्थलको नजिकै रहेको नदी÷खोलाको बगरमा सहजरूपमा पाइने ढुङ्गा सङ्कलन गरी प्रहार गर्नुका साथै पेट्रोल बम समेत प्रहार गरेको र त्यसलाई नियन्त्रण गर्न नसकेका सुरक्षाकर्मीले अन्धाधुन्ध गोली चलाउँदा चार जनाको मृत्यु भएको घटनाक्रमले देखाएको छ ।’ प्रतिवेदनमा भनिएको छ ।

साथै वास्तविक सुकुम्बासीहरूको पहिचान गरी उनीहरूको व्यवस्थापन गरी सरकारी जग्गाको अतिक्रमण रोकी जग्गाको संरक्षणको उचित व्यवस्थापन मिलाउने सरकारसँग आग्रह गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।