२१ जेष्ठ २०८०, आईतवार

Jun 4, 2023

काठमाडौं । राजस्व अनुसन्धान विभाग ललितपुरले नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गरी रु पाँच करोड ५६ लाख ४३ हजार राजस्व चुहावट गरेको अभियोगमा १२ जनाविरुद्ध मुद्दा चलाइएको छ ।

Advertisement

विभागले आज जारी गरेको सूचना उक्त राजस्व चुहावट बराबरको बिगो असुल गरी जरिवाना र कैद सजायको माग दाबी लिई मुद्दा दर्ता गरिएको उल्लेख छ । विभागका अनुसार यसरी राजस्व चुहावटको अभियोग लागेकामा रुपन्देहीको क्रिष्टल बोटलर्स प्रालिका सञ्चालक फुलसिंह क्षेत्री, माउन्ट एभरेष्ट डिष्टिलरी प्रालिका सञ्चालक मृगेन्द्र गोविन्द श्रेष्ठ र सोही जिल्लाका मोहमद साहिद अन्सारीसमेत १२ जना रहेका छन् ।

अनुसन्धानका क्रममा उनीहरुबाट सक्कली अन्तःशुल्क टिकटको सिरियल नम्बरसँग मिल्ने नम्बरका नक्कली अन्तःशुल्क टिकट फेला परेको छ । साथै भन्सार कार्यालयबाट जाँचपास भएको भन्दा बढी परिमाणमा मालवस्तु भेटिनुले भन्सार चोरी पैठारी गरी राजस्व चुहावटको कसुर गरेको देखिएको विभागले जनाएको छ ।

उनीहरुमाथि राजस्व चुहावट, (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेध गरेको कार्य गरी सोही ऐनको दफा ४ को खण्ड ‘झ’ बमोजिम कसुर गरेको आरोप छ । रासस

प्रतिकृया दिनुहोस्

Flash News

घरबहाल सम्बन्धी समस्या समाधान गर्न राज्यपक्ष गम्भिर हुनुपर्ने एक पक्षीय भएको भन्दै पत्रकार महासंघ रुपन्देहीको शुद्धिकरण प्रस्तावलाई प्रेस चौतारीले गर्यो अस्वीकार भारतले आफ्ना नागरिकलाई नेपाली नागरिकता दिलाउन खोजिरहेको छ : चित्रबहादुर केसी राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयनलाई सर्वोच्चले रोक्यो भिरबाट लडेर १९ वर्षीय किशोरको मुत्यु नवलपरासीमा भत्किएको पुलमा दुर्घटना भएको मृतकको परिचय खुल्यो जाउँ हिड रेसुङ्गा… १० प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन हेमन्तले जन्माएको वेलकम टु हेम्जाकोट छुवाछुत उन्मूलन दिवसको अवसरमा देविनगर राखियो सूचना वोड प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्मका लागि स्थगित गायिका समीक्षा अधिकारीको ‘ए सुवा’मा समारिका र जोन गौर हत्याकाण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, भोलि पेसी लागूऔषधसहित ६ जना पक्राउ मलेसियासँगको शृंखला उपाधि नेपाललाई जसपाको अगुवाइमा भएको संघर्षका कारण परिवर्तन सम्भव भयोः महेन्द्र यादव खाना नास्ता प्रकरण : गल्ती लुकाउन २४ लाखको झुटो विवरण, भुक्तानी दिएको १४ लाख गायब संसद बैठक १ घण्टाका लागि स्थगित नागरिकता विधेयक प्रमाणीकरणले संसद बैठक अवरुद्ध, सांसदहरुको नाराबाजी   काफल बेच्दै कलमकापीको जोह गर्दै बालबालिका