२६ जेष्ठ २०८०, शुक्रबार

Jun 9, 2023

काठमाडौं । विद्युतीय गाडीको प्रयोग बढ्रदै गए पनि चार्जिङ स्टेशनको अभावले गाडीवालालाई सकस हुने गरेको छ । घरबाट यात्राका लागि बहिरिएका गाडी धनीलाई गाडीमा चार्ज सकिएपछि चार्ज गर्ने स्टेशन नहुँदा समस्या हुने गरेको छ । नेपाल विद्युत प्राधिकरणले २०७७ चैत २२ गते ५० वटा चार्जिङ स्टेशन बनाउने गरी चिनियाँ कम्पनी स्टार चार्ज जियाङसु जोङदोङ न्यू इनर्जीसँग सम्झौता गरे पनि हालसम्म स्टेशन बन्न नसक्दा समस्या हुने गरेको छ । एक वर्ष भित्र चार्जिङ स्टेशन निर्माण गरी सक्ने गरी प्राधिकरण र उक्त संस्थाबीच सम्झौता भएको थियो ।

Advertisement

सरकारले राजश्वमा छुट दिएपछि र विद्युत आपूर्ति सहज भएपछि स्कुटर, कार र गाडीमा विद्युतीय सवारीसाधनको प्रयोग गर्नेको संख्या बढ्दै गएको देखिन्छ । सवारी साधनको प्रयोग बढ्दै गएपछि चार्जिङ स्टेशन निर्माणका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चार्जिङ स्टेशनसम्बन्धी कार्यविधि तयार गरी पेट्रोल पम्प जस्तै गरी व्यवस्थित गर्ने प्रावधान तोकेको छ । कार्यविधिले प्राधिकरणसहित अन्य निकायले पनि चार्जिङ स्टेसन निर्माण गर्न पाउने व्यवस्था गरेको छ ।

यसै अनुसार प्राधिकरणले भने पाँच सय सार्वजनिक स्थानमा चार्जिङ स्टेशन निर्माणका लागि निजी क्षेत्रसँग आसयपत्र माग गरी सकेको प्रवक्ता सुरेशबहादुर भट्टाराईले जानकारी दिए। कोरोना महामारीसँगै यस वर्षको खराव मौसमका कारणले पनि तोकिए अनुसार काम गर्न नसकिएको उनले बताए। नयाँ काम भएकाले अध्ययन र डिजाइनका कामहरु भइरहेकाले आउने वर्षभित्र देशभर चार्जिङ स्टेशन निर्माण हुने उनले जानकारी दिए।

प्राधिकरणले काठमाडौं उपत्यका १५ र अन्य क्षेत्रमा ३५ वटा गरी ५० वटा चार्जिङ स्टेशन निर्माण गर्न सम्झौता भएको छ । एउटा चार्जिङ स्टेसन १४२ किलोवाट विद्युत क्षमताको हुने र चार्जिङ स्टेशन निर्माणका लागि ४० करोड रुपैयाँ हाराहारी लागत लाग्ने जनाएको छ । चार्जिङ स्टेशनमा चार्ज गरेवापत राति, दिउँसो र पिक आवरको समयमा लाग्ने शुल्क समेत निर्धारण गर्ने तयारी गरेको छ ।

विद्युत खपत बढाउन प्राधिकरणले चाँडै स्टेशन निर्माणलाई तीव्रता दिने र विद्युतीय सवारी साधन प्रयोगमा वृद्धि गराउने लक्ष्य राखेको जनाएको छ । युरोपियन युनियनले वायु प्रदूषण नियन्त्रणका लागि सन् २०३० भित्र इन्धनबाट गुढ्ने सवारीसाधनको प्रयोगलाई विस्थापित गरी विद्युतीय सवारीसाधन प्रयोगमा ल्याउने लक्ष्य राखेसँगै नेपाल सरकारले समेत यो लक्ष्य पूरा गराउन प्रतिवद्धता जनाइसकेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्डविरूद्धको ‘युद्ध अपराध’सम्बन्धी रिट दर्ता गर्न बाटो खुल्यो एमाले नेतामाथिको आक्रमणमा सत्ताधारीको संलग्नता देखियो : योगेश भट्टराई गुल्मीका रामु बिक ५ दिनदेखि बेपत्ता जलहरी बहस संसदको रेकर्डवाट हटाएकोमा रामहरी खतिवडाको आपत्ति विद्यालय कर्मचारी माथि राज्यबाटै चरम श्रमशोषण नेपाल धितोपत्र बोर्डले मनकामना दरौंदी हाइड्रोपावरको सेयरमा आवेदन नदिन आग्रह पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही गरिनेछः गृहमन्त्री  सुनचाँदीको भाउमा उतारचढाव कुमारी बैंकको १ लाख ४६ हजार कित्ता संस्थापक सेयर लिलामी खुल्यो आइएमई लाइफको आइपीओ खुला हुने २९ जिल्ला न्यायाधीशका लागि दरखास्त आव्हान [सूचनासहित] अत्याधिक गर्मी बढेपछि तिलोत्तमामा निः शुल्क सर्वत पानी वितरण ४७ बर्षकी भइन टाइटनिककी रोज  नेपालका असरफसँग डिल गरे पछि सञ्जीव जीवाकाे लखनउ अदालतमा हत्या लुम्बिनी प्रदेश सरकारले आज नीति तथा सार्वजनिक गर्ने भाषण गर्न नपाउँदा सभामुख घर्तीको आक्रोस : लुम्बिनी केवलकारलाई ‘पूँजीवादी दलाल’का पनि ‘दलाल’को संज्ञा क्यानडाको डढेलोले अमेरिकाकाे न्युयाेर्कलगायतका सहर धुवाँले ढाकियो बजेटमाथिको छलफल जारी : प्रतिनिधिसभा बैठक विहान ११ बजेदेखि राप्रपा नेपालले आज बिरोध प्रदर्शन गर्दै पूर्व अमेरिकी गुप्तचर अधिकारीको दाबीः अमेरिकासँग एलियन छ