ताजा अपडेट »

देशभर चिसो बढ्यो, जुम्लाको न्यूनतम तापक्रम माइनस पाँच डिग्री

मंगलबार, ३० कार्तिक २०७८, ०७ : ३०
10 Shares

जुम्लाको न्यूनतम तापक्रम माइनस पाँच दशमलव शून्य डिग्रीमा झरेपछि चिसोले स्थानीयवासीलाई सास्ती भएको छ । देशभर चिसो बढिरहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो ।

नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन । देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

दिनभर घाम लागे पनि बिहान बेलुका धेरै जाडो बढेको जुम्लाको तिला गाउँपालिकाका स्थानीय धनराज रावतले बताए । चिसोले यहाँका बालबालिका, सुत्केरी महिला र वृद्धवृद्धालाई निकै गाह्रो भएको स्थानीय बताउँछन् ।बिहान र बेलुका बढी चिसो हुने भएकाले घर आँगनमा आगो बालेर बस्ने गरेको स्थानीय रतन रोकायाले बताए ।रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।