२५ जेष्ठ २०८०, बिहीबार

Jun 8, 2023

बुटवल । नेकपा एमालेको १० औं महाधिवेशनमा रुपन्देहीबाट सहभागी हुने ५ वटै निर्वाचन क्षेत्रबाट प्रतिनिधिहरुको टुङ्गो लागेको छ । आगामी मंसिर १० गते चितवनमा हुने महाधिवेशनका लागि रुपन्देही क्षेत्र नम्बर २ बाहेकका क्षेत्रहरुमा निर्वाचन प्रक्रियाबाट प्रतिनिधिहरुको टुङ्गो लगाइएको एमालेले जनाएको छ ।

Advertisement

रुपन्देही क्षेत्र नम्बर १ बाट जक यज्ञ गैरे, ध्रुव खरेल, कृष्ण न्यौपाने, ऋषिराम सापकोटा, विद्यालक्ष्मी गुरुङ र जागेश्वरी चौधरी निर्वाचित भएका छन् । आवश्यक प्रतिनिधि संख्याभन्दा झण्डै पाँच गुणा बढीले मनोनयन दर्ता गरेको क्षेत्र नम्बर २ मा भने सर्वसम्मत चयन गरिएको छ । उम्मेदवारी दिएकाहरूले सहमति पत्रमा हस्ताक्षर गरेपछि सर्वसहमति रूपमै प्रतिनिधि चयन गरिएको एमालेले जनाएको छ ।

खुल्लातर्फ पार्टी जिल्ला अध्यक्ष एवं बुटवलका मेयर शिवराज सुवेदी, प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठ, नगर प्रमुखहरु बासुदेव घिमिरे र चित्रबहादुर कार्की, प्रचार विभाग प्रमुख मोहन चापागाई, बावुराम भट्टराई, गोपाल राना र बलबहादुर आचार्य प्रतिनिधि भएका छन् । त्यस्तै महिलातर्फ गोमादेवी आचार्य, सावित्रा अर्याल र ज्ञानु केसी छनोट भएको एमाले जिल्ला अध्यक्ष सुवेदीले बताए ।

रुपन्देही क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधिका लागि ६ जनाले प्रतिनिधित्व गर्ने भएका छन् । खुलातर्फ प्रदेश कमिटी सदस्य बिश्वराज बराल, जिल्ला कमिटी सदस्य हितराज पन्थी, प्रदेश सांसद तुलसीप्रसाद चौधरी र बुटवल उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मी रहेका छन् । महिलातर्फ ममता पौडेल र जिल्ला कमिटि सदस्य उमा अधिकारी निर्वाचित भएकी छन् ।

यसैगरी रुपन्देही क्षेत्र नम्बर ४ बाट बाबुलाल यादव, साधुशरण साहनी र कमला भण्डारी छनोट भएका छन् । क्षेत्र नम्बर ५ बाट रामचन्द्र यादव, जिवनाथ पाण्डे, शिव पौडेल, भूमिलाल सापकोटा र कल्पना हरिजन छनोट भएका छन् ।

जिल्लाबाट दलित खुल्ला तर्फ जोगलाल बिश्वकर्मा र सुरेन्द्र श्री तथा दलित महिला तर्फ कमला बि.क. प्रतिनिधि छनोट भएका छन् । यसैगरी मजदुर फाँट (लुम्बिनी प्रदेश रुपन्देहीबाट कमल गौतम, हुमाकान्त काफ्ले, हरि कार्की र रञ्जु भट्टराई रहेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

मधेशका महिला कथाकारका लागि ‘टेल योर स्टोरी’ नेपाली क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै  इरानले बनायो ध्वनीभन्दा १५ गुणा बढी गतिको मिसाइल म्यान्मारमा सेना समर्थक गायिकाको गोली हानी हत्या असार १ देखि भदौं मसान्तसम्म सडक खन्न प्रतिबन्ध तिलाेत्तमाको शंकरनगर दुर्गादत्त माविमा प्रतिभा प्रदर्शन युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, रुस-युक्रेन एक अर्कामा दोषारोपण गर्दै रेलमा आगलागी भएपछि अस्ट्रियाको सुरुङबाट २०० यात्रुलाई बाहिर निकालिए बाबुराम भट्टराई नेतृत्वको नेसपाको केन्द्रिय समिति बैठक आजबाट प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल आज पनि जारी रहने प्रधानमन्त्री प्रचण्ड आज बुटवल आउँदै, लुम्बिनी केबलकारको उद्घाटन गर्ने भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री रेडक्रस सोसाइटी बर्दिबासद्वारा सर्पदंश उपचार केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान  तिनाउको शैक्षिक सुधारका लागि आलोचना हैन समालोचना आवश्यक भारतीय सीमावर्ती बजारबाट अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशंकामा बुटवलमा अनुगमन अनलाइन ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ प्रियंकासँग सहकार्य गर्दै जुनियर एनटिआर बुटवलमा करोडौँ मूल्य पर्ने २६ कठ्ठा सरकारी जग्गा किनबेच लागुऔषधसहित ५ जना पक्राउ हत्या आराेपमा एकजना पक्राउ