१४ जेष्ठ २०८०, आईतवार

May 28, 2023

बुटवल । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनका लागि लुम्बिनी प्रदेशबाट २०७ जना प्रतिनिधि छानिएका छन् । खुला प्रतिस्पर्धाबाट १४५ जना र महिलाबाट ६२ जना छानिएको एमाले लुम्बिनी प्रदेश अध्यक्ष लिला गिरीले बताए ।

Advertisement

१४५ जनाको खुला प्रतिस्पर्धाबाट आएका छन् । तर खुलामा महिलाकाे उम्मेदवारी परेन । उम्मेदवारी नै नपरेकाले खुला प्रतिस्पर्धाबाट महिलाको सहभागिता शून्य छ । खुल्लातर्फ अन्य पुरुष ९२ जना, जनजाती पुरुष २४ जना, दलित पुरुष २०  जना, मधेसी पुरुष ६ जना र मुस्लिम पुरुष तीन निर्वाचित भएका छन् । ‘कुनै पनि महिलाको खुलातर्फ मनोनयन नै परेन, चुनिएका सबै महिला आरक्षण कोटाबाट मात्रै प्रतिनिधि भएका छन्,’ उनले भने ।

महिलातर्फ अन्य महिला ४२ जना, दलित महिला नौ जना, जनजाती महिला १० जना र मधेसी महिला एकजना गरी ६२ जना निर्वाचित भएका छन् । निर्वाचित भएका सबै महिला आरक्षित कोटाबाट चुनिएको एमाले प्रदेश अध्यक्ष गिरीले बताए ।

कतिपय जिल्लामा निर्वाचन हुँदा महिला कोटामा उम्मेदवारी दिएका प्रदेशसभा सदस्य पराजित भएका छन् । रुपन्देहीबाट जिफन्ट राष्ट्रिय कमिटी उपाध्यक्ष एवं बुटवल उपमहानगरपालिका उपप्रमुख गुमादेवी आचार्य, तिलोत्तमा नगरपालिका उपप्रमुख जगेश्वरदेवी चौधरी, देवदह नगरपालकाकी उपप्रमुख विद्यालक्ष्मी गुरुङ, लुम्बिनी प्रदेश कमिटी सदस्य सावित्रा अर्यालसमेत आरक्षण कोटाबाट प्रतिनिधि छानिएका छन् । 

पार्टी नेताहरुको आग्रह अनुसार खुलामा लड्ने चाहना हुँदाहुँदै पनि आरक्षण  कोटाबाट प्रतिनिधि बन्न बाध्य भएको एमाले प्रदेश कमिटी सदस्य सावित्रा अर्यालले बताइन् । नवलपरासी र रुपन्देहीबाट अधिकांश जिल्लामा सर्वसम्मत प्रतिनिधि चयन भएको एमाले लुम्बिनी प्रदेश कमिटीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

रेशम चौधरीसहित ४८२ जनाको कैद सजाय माफी आम्दा अस्पतालको स्तरवृद्धिको समझदारी गर्न बुटवलको टोली जापान प्रस्थान बुटवलमा भारतीय नम्बरको कारको ठक्करबाट प्रहरी साहयक हवल्दार अमृत बस्नेत घाइते ‘छल्दी खोलामा बाढी आएपछि स्थानीयले भने : विपतमा खै रेसुङ्गा र इस्माका जनप्रतिनिधी ?’ बुटवलका मासुपसलमा खसीबोकाको भनेर बाख्रीको मासु विक्रि, ७५ किलो मासु जफत गरी नष्ट नदी उत्खनन् गर्न नपाएपछि ट्याक्टर व्यवसायीले घेरे देवदह नगरपालिका सरकारको आर्थिक सर्वेक्षणले भन्छ- अर्थतन्त्र सुधार हुँदैछ [पूर्णपाठ] बुटवलको ढवाहामा जेठ २५ गतेदेखि ‘दोस्रो पीस पार्क मेला’ हुने भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसहित नेताहरुसँग मागे प्रधानमन्त्री प्रचण्डले सुझाव सेयर बजार दोहोरो अंकको गिरावट अर्घाखाँचीको शितगंगा–५ जुकेनामा बिपि स्मृति भवन बन्ने धर्नामा बसेका अधिकारकर्मीहरु पक्राउ प्रतिनिधिसभा संसदीय सुनुवाइ समिति गठन, यही हुन् सदस्यहरू अनिता ढुंगानालाई योजना आयोगको सदस्यमा नियुक्त गर्ने सरकारको निर्णय ७० वर्षीया वृद्धा र १७ वर्षीया किशोरी बलात्कृत भाडादर छुट गरी सहयोग गर्न होटल ब्यवसायीहरुको घरधनीलाई आग्रह तमोर जलाशययुक्त आयोजनाबाट पावर चाइनालाई बिदाइ गर्ने प्रक्रिया अघि बढाइयो अनुष्का भन्छिन्–वर्षमा एउटामात्र फिल्म बुटवलका रुकबहादुर आफ्नै सुत्ने कोठामा मृत फेला प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो