२५ जेष्ठ २०८०, बिहीबार

Jun 8, 2023

खोटाङ । खोटाङको दिक्तेल बजारको सडक ढलानका क्रममा ड्रेन कभर (नालीको ढकनी) नराख्दा स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य बनेका छन् । दिक्तेलको जलस्राेत तथा सिँचाइ विकास डिभिजन कार्यालय अगाडिदेखि पुरानो बेसक्याम्पबीचमा ढलान गरेको निर्माण कम्पनी सूर्य विकास जेभी लहानले ड्रेन कभर नहाली छाड्दा आवतजावतका क्रममा नालीमा खस्ने त्रास बढेको हो । 

Advertisement

विशेषगरी सडक किनारामा घर भएका बालबच्चा तथा विद्यालयबाट ओहोरदोहोर गर्ने विद्यार्थी नालीमा खस्ने त्रास बढेको स्थानीय व्यवसायी एवं जनता समाजवादीका नेता नैन कट्‌वालले बताए । नालीको प्वाल ढाक्ने ढकनी नहुँदा बजारमा ओहोरदोहोर गर्ने कतिपय गाडी र माेटरसाइकल नालीमा फसिकेका छन् । ड्रेन होलमा फसेका गाडीलाई धकेलेर निकाल्ने गरिएको छ ।

जलस्राेत तथा सिँचाइ विकास डिभिजन कार्यालयको गेट अगाडिदेखि नेपाल टेलीकमको कार्यालयसम्मको बजार सडक ढलान गर्ने ठेक्का लिएको सूर्य विकास जेभीले डिभिजन कार्यालय अगाडिदेखि बेस क्याम्पसम्मको खण्डमा २२ असोज राति ढलान सकेको थियो । रातारात ढलान गरेको निर्माण कम्पनीले सडकको विभिन्न ठाउँमा बनाइएका ड्रेनको प्वाल भने ढनकी नराखी छाडेको हो । नाली जाम भएका बेला सरसफाइका लागि बनाइएको प्वाल नछोपिँदा सडकमै धराप बनेको स्थानीयको गुनासो छ ।

सडक ढलानमै लापरबाही 

दिक्तेल बजारको जलस्राेत तथा सिँचाइ विकास डिभिजन कार्यालय अगाडिकै सडक ढलानका क्रममा निर्माण कम्पनीले स्टिमेटविपरीत रड राखेर ढलान गरेको पाइएको थियो । बजारको सडक ढलानका लागि सडकको चौडाईमा (सडकको दुई किनारा जोड्ने) १२ एमएमको रड १०/१० सेन्टिमिटरको दूरीमा बाँध्नुपर्ने स्टिमेट छ ।

लम्बाई तेर्सो १० एमएमको रड १५/१५ सेन्टिमिटरको दूरीमा बाँध्नुपर्ने स्टिमेटमा उल्लेख छ । तर, निर्माण कम्पनीले मनपर्दो तरिकाले रड बाँधेर त्यसैमाथि ढलान गरिरहेको पाइएको थियो । १०/१० सेन्टिमिटरको दूरीमा बाँध्नुपर्ने रडलाई १८/२० सेन्टिमिटर र १५ सेन्टिमिटरको दूरीमा कस्नुपर्ने रडलाई २५/३० सेन्टिमिटरको दुरीमा कसेर ढलान गरिएको स्थानीय एवं तरुण दलका जिल्ला उपाध्यक्ष सञ्जयकुमार राईले बताए । 

अर्कातर्फ बजार सडक ढलानका क्रममा गिटीमाथि रडको जाली उचालेर ढलान गर्नुपर्नेमा रडको जाली नउचाली ढलान गरिएको छ । यस्तै, ढलानका क्रममा ठूलो आकारको गिटी प्रयोग गरेको स्थानीय बताउँछन् । 

प्रतिकृया दिनुहोस्

Flash News

म्यान्मारमा सेना समर्थक गायिकाको गोली हानी हत्या असार १ देखि भदौं मसान्तसम्म सडक खन्न प्रतिबन्ध तिलाेत्तमाको शंकरनगर दुर्गादत्त माविमा प्रतिभा प्रदर्शन युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, रुस-युक्रेन एक अर्कामा दोषारोपण गर्दै रेलमा आगलागी भएपछि अस्ट्रियाको सुरुङबाट २०० यात्रुलाई बाहिर निकालिए बाबुराम भट्टराई नेतृत्वको नेसपाको केन्द्रिय समिति बैठक आजबाट प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल आज पनि जारी रहने प्रधानमन्त्री प्रचण्ड आज बुटवल आउँदै, लुम्बिनी केबलकारको उद्घाटन गर्ने भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री रेडक्रस सोसाइटी बर्दिबासद्वारा सर्पदंश उपचार केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान  तिनाउको शैक्षिक सुधारका लागि आलोचना हैन समालोचना आवश्यक भारतीय सीमावर्ती बजारबाट अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशंकामा बुटवलमा अनुगमन अनलाइन ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ प्रियंकासँग सहकार्य गर्दै जुनियर एनटिआर बुटवलमा करोडौँ मूल्य पर्ने २६ कठ्ठा सरकारी जग्गा किनबेच लागुऔषधसहित ५ जना पक्राउ हत्या आराेपमा एकजना पक्राउ पूर्वराज्यमन्त्री महेश चौधरीको निधन दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ