ताजा अपडेट »

नेपालमा थपिए ३०६ कोरोना संक्रमित, ६ जनाको मृत्यु

आइतबार, २८ कार्तिक २०७८, १६ : १२
2 Shares

बुटवल । नेपालमा थप ३०६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ८ हजार ८ र एन्टिजेन विधिबाट १ हजार ५९८ जनामा परिक्षण गर्दा ३०६ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख १६ हजार ९६६ र एन्टिजेनबाट ९५ हजार ८७ जना पुगेको छ ।

यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा ३४८ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ९८ हजार २७४ जना पुगेको छ । मन्त्रालयका अनुसार संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ४७७ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २१५ रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।