ताजा अपडेट »

किसानलाई फूल टिप्न भ्याइनभ्याइ, हेर्नुस् तस्वीरमा

मंगलबार, १६ कार्तिक २०७८, १९ : ५५

काठमाडौं । काठमाडौंको इचंगुका किसानलाई अहिले फूल टिप्न भ्याइनभ्याइ छ । तिहार संघारमै आइसकेकाले फूल टिप्न र त्यसलाई बेच्न समय छोटिएकाले किसानलाई भ्याइनभ्याइ भएको हो । तिहारमा फूल निकै खपत हुने भएकाले काठमाडौं उपत्यकाको काँठ क्षेत्रमा फूल खेती हुने गरेको छ ।

सोमबारबाट यमपञ्चक सुरु भइसकेकाले अबको एक दुई दिनभित्रै फूल बजारमा पठाइसक्नुपर्ने भएकाले किसानलाई अहिले फूल टिप्न भ्याइनभ्याइ भएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।