११ आश्विन २०८०, बिहीबार

Sep 28, 2023

जेनेभा । प्रकृतिमा जलवायु परिवर्तनको नकरात्मक असरबारे  प्रायः सबै परिचित छन् । तर, यसकै कारण विभिन्न देशले चुकाउनु परेको आर्थिक बोझ थोरैलाई मात्र थाहा हुन सक्छ ।

Advertisement

राष्ट्रसंघको एक प्रतिवेदनअनुसार जलवायु परिवर्तनसँग सम्बन्धित जोखिमका कारण एशियामा विकसित र विकासन्मुख देशहरुले अर्बौं डलर गुमाएका छन् । प्रतिवेदनअनुसार यस्तो जोखिमका कारण चीनले २३८ अर्ब अमेरिक डलर गुमाएको छ । चीनपछि भारतले ठूलो मूल्य चुकाउनु परेको छ । जलवायु परिवर्तनसँग सम्बन्धित जोखिमका कारण भारतले अहिलेसम्म ८७ अर्ब डलर खर्च गरेको छ । त्यस्तै, जापानले ८३ अर्ब डलर र दक्षिण कोरियाले २४ अर्ब डलर गुमाएका छन् ।

राष्ट्रसंघको वार्षिक प्रतिवेदन ‘एशियामा जलवायुको अवस्था’ तथ्यांक उल्लेख छ । प्रतिवेदनअनुसार सन् २०२० एशियामा सबैभन्दा बढी गर्मी भएको वर्ष हो । जलवायु परिवर्तनको अर्थ केबल विश्वव्यापी तापमान बृद्धि हुने भन्ने होइन । यसले साइक्लोन, बाढी पहिरो, खडेरी, हुरी बतास जस्ता प्राकृतिक घटनामा ठूलो असर हुन्छ । वैज्ञानिकहरुका अनुसार जलवायु परिवर्तनले साइक्लोनमा आउने तीब्रताले ठूलो विनाश गर्छ । 

जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप–२६ बेलायतको ग्लास्गो सहरमा आईतबारदेखि सुरु भएको छ । सम्मेलनमा सहभागी हुन् नेपाललगायत बिभिन्न देशका प्रतिनिधि सहभागी छन् ।  विश्वमा जलवायु परिवर्तनले विभिन्न क्षेत्रमा पारेका गम्भीर असरलाई न्यून गर्ने  विषयमा छलफल र आवश्यक रणनीति चाल्ने उदेश्यले सम्मेलन आयोजना भइरहेको छ । 
 

प्रतिकृया दिनुहोस्

Flash News

नारायणीमा नुहाउने क्रममा दुई युवक बेपत्ता राप्रपा अध्यक्ष लिङ्देन कतार प्रस्थान, कार्यवाहक अध्यक्षको जिम्मेवारी बुद्धिमान तामाङलाई १ हजार ४०० रुपैयाँ घट्यो सुनको भाउ विदेश जाने मोह त्यागेर निजामती रोजेको म ! हिरोइन तस्करीको मामिलामा भारतमा कांग्रेस सांसद पक्राउ १९औं एसियाली खेलकुद : ब्याडमिन्टनमा नेपाल पुरुष टिम क्वाटरफाइनलमा प्रवेश मीड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँट ३५ स्थानीय तहलाई एम्बुलेन्स वितरण गर्दै काठमाडौं महानगर नेपालको सार्वजनिक ऋण २३ खर्ब ९ अर्ब पुग्यो, दुई महिनामै ४९ अर्ब २३ करोड थपियो एमाले बाग्मती प्रदेशका भावी नेतृत्वका लागि आज मतदान सन्दर्भ सेप्टेम्बर २८ : रेविजबाट बच्न सकिन्छ लुम्बिनी प्रादेशिक अस्पतालमा बढ्दै जनविश्वास, सेवा सुधारका लागि ‘निर्देशिका’ ल्याउने तयारी  साफ यू-१९ च्याम्पियनसिप फुटबल : भारतसँग नेपाल स्तब्ध बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन बाँकेमा पाटेबाघ मृत फेला राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता एनवाईएफसी क्लासिक-२०२३ सम्पन्न संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले दिए राजीनामा सेयर बजार १८.६० अंकले घट्यो सुन किन्ने बहानामा चोरी गर्ने चारजना पक्राउ