ताजा अपडेट »

युनियन बर्लिनमाथि बायर्न म्युनिखको फराकिलो जित

आइतबार, १४ कार्तिक २०७८, ०७ : ०९
12 Shares
आइतबार, १४ कार्तिक २०७८
12 Shares

काठमाडौँ । बुण्डेसलिगा अन्तर्गत बायर्न म्युनिखले युनियन बर्लिनलाई पराजित गरेको छ ।शनिबार राति सम्पन्न खेलमा बायर्नले बर्लिनलाई ५-२ गोल अन्तरले पराजित गरेको हो ।बायर्नको जितमा रोबेर्ट लेवानडोस्कीले २ गोल गरेका थिए भने लिरोय साने, किंग्सले कोम्यान र थोमस मुलरले एक एक गोल गरेका थिए ।

त्यस्तै बर्लिनका लागि निको गिएबेलम्यान र जुलियन रियरसनले एक एक गोल गरेका थिए ।यो जितपछि बायर्न म्युनिख बुण्डेसलिगामा १० खेलमा २५ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै युनियन बर्लिनको १० खेलमा १६ अंक छ र लिगमा छैटौ स्थानमा रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।