६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

काठमाडौं । पछिल्लो केही समययता ओटीटीको लोकप्रियता बढेसँगै नेपाली फिल्म त्यहाँ कहिले हेर्न पाइएला भन्ने चर्चा हुने गरेको छ । विश्व फिल्मका कथालाई आफ्नो माध्यमबाट डिजिटल प्लेटफर्ममा ल्याइरहेको ओटीटीले नेपाली फिल्ममा भने अझै लगानी गरेको छैन, न त नेपाली फिल्म नै राखेको छ । ओटीटी जायन्ट नेटफ्लिक्ससम्म नेपाली फिल्म पुर्‍याउन राम्रै प्रयास भइरहेका छन् । तर, त्यसले अझै सार्थकता पाएको छैन । यद्यपि नेपालीको कथामा बनेको एक डकुमेन्ट्री भने नेटफ्लिक्समा हेर्न पाइने भएको छ । 

Advertisement

हिमाल आरोही निर्मल पूजाको आरोहणको विषयमा बनेको डकुमेन्ट्री ‘१४ पिक्स : नोथिंग इज इम्पोसिबल’ २९ नोभेम्बरमा रिलिज गर्ने घोषणा नेटफ्लिक्सले गरेको छ । फिल्म विश्वका १९१ देशमा रिलिज हुने र ३१ भाषामा अनुवाद हुने निर्मल पूर्जाले सामाजिक सञ्जालमार्फत जनाएका छन् । 

७ महिनाको अवधिमा ८ हजारभन्दा धेरै उचाइका १४ वटा हिमाल आरोहण गरेको पूर्जाको हिमालको कथा डकुमेन्ट्रीमा समेटिएको छ । निर्मल पूर्जाले सन् २०१९ अप्रिल २३ मा अन्नपूर्ण हिमालको आरोहण गर्दै ७ महिने चुनौतीको सुरुवात गरेका थिए । सोही वर्षको मे २२ मा उनले सगरमाथाको आरोहण गरेका थिए । ‘म मानिसहरुलाई ठूला पर्वतप्रतिको माया दर्शाउन प्रेरित गर्न चाहन्थेँ,’ पूर्जा लेख्छन्, ‘तपाईंले कुनै पनि लक्ष्य हासिल गर्ने दृढ लक्ष्य तय गर्नुभयो भने तपाईंलाई कुनै पनि कुराले रोक्न सक्दैन ।’

ब्रिटिस आर्मीसमेत रहेका निर्मल पूर्जाका ४८ घन्टामा सगरमाथा, ल्होत्से र मकालुको आरोहण गरेको रेकर्ड छ । पूर्जाका नाममा जाडोयाममा पाकिस्तानको केटु हिमाल आरोहण गरेको रेकर्ड पनि छ । डकुमेन्ट्रीलाई टोरक्विल जोन्सले निर्देशन गरेका हुन् । 

प्रतिकृया दिनुहोस्

Flash News

भाटभटेनीलाई झापाली जनताको उत्साहजनक साथ, बिर्तामोड स्टोरमा छुट यथावत प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सिबीच भेटवार्ता महिलाको छातीमा अटोग्राफ दिए पछि डोनाल्ड ट्रम्प बिबादमा लुम्बिनीमा ४८९ जनाले लगाए पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप, असोज १० गतेसम्म अभियानको समय थप आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा प्रधानमन्त्री दाहाल चीनमा, यस्तो छ एक हप्ताको कार्यक्रम कांग्रेस निकट मुस्लिम संघको महाधिवेसनको तयारी पूरा नेपाल क्रिकेट संघको अध्यक्षमा पुनः चन्द निर्वाचित ‘स्वास्थ्य सामग्रीमा वितरणमुखी बनेर राज्यलाई कंङ्गाल नबनाऔं’ एनआरएनए अध्यक्षका प्रत्याशी शर्माकाे विश्व दौडाहा जारी देश बिरुद्ध लेखेको आरोपमा पाकिस्तानमा एक पत्रकार हिरासतमा छन्द लहरीमा लहरिँदा नेपालमा लगानी गर्न आयरल्याण्डका राष्ट्रपतिसँग सभामुखकाे अनुराेध ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य