१५ आश्विन २०८०, सोमबार

Oct 2, 2023

जनकपुरधाम । दसैँ समपन्नलगत्तै प्रदेश २ सरकार विस्तार हुने भनिए पनि विस्तार कार्य अझ अन्योलमा परेको छ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई सरकारमा सहभागी गराउन मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिनुभन्दा अघिदेखि नै तयारी गरिरहेका छन् ।

Advertisement

तर, मन्त्रालयको टुंगो नलाग्दा औपचारिक छलफलसमेत हुन सकेको छैन। मुख्यमन्त्री राउतले नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा(एस)लाई सरकारमा ल्याउन ६ मन्त्रालयलाई टुक्रयाएर १० पुर्‍याएकाे थियो । आकर्षक मन्त्रालयहरू कांग्रेस र माओवादीले लिइसकेको बाँकी रहेको दुई मन्त्रालय लिन नेकपा(एस) इच्छुक देखिएको छैन।

जसपाको भागमा रहेको महत्वपूर्ण मन्त्रालयमा नेकपा(एस)ले दावी गर्दा सरकार विस्तार लम्बिएको हो । मुख्यमन्त्री राउतले कानुन, न्याय तथा प्रदेशसभा र वाणिज्य आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्दै आएका छन् । यी दुई मन्त्रालय लिएर नेकपा (एस) सरकारमा सहभागी हुन चाहेको छैन ।

मुख्यमन्त्री राउतलाई विश्वासको मत दिएका नेकपा(एस) प्रदेशसभामा विपक्षीको लबिमा बस्दै आएको छ ।  सरकारमा सहभागी हुने अनौपचारिक छलफल भए पनि पार्टीको गतिविधिमा व्यस्त हुँदा त्यसलाई मूर्तरुप दिन नसकिएको नेकपा (एस) संसदीय दलका नेता शत्रुधन महतोले बताए ।

‘नेकपा (एस)ले दुई मन्त्रालय लिएर सरकारमा जानेछ’, नेता महतोले भने, ‘मन्त्रालय टुंगो लगाएपछि मात्र सरकारमा जानेबारे औपचारिक छलफल हुन्छ ।’

नेकपा(एस)का अध्यक्ष माधवकुमार नेपाल र जसपाका नेताहरूबीच सरकार विस्तारबारे छलफल भइसकेको उनले बताए । नेकपा (एस)बाट संसदीय दलका नेता महतोसहित एक जना महिला सांसदलाई मन्त्री बनाउने तयारी छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एस), जनता समाजवादी पार्टी नेपालले प्रदेशमा पनि गठबन्धनलाई निरन्तरता दिएको छ । गठबन्धनलाई सरकारमा सहभागी गराउन मन्त्रालय थपिँदा प्रदेशमा आर्थिक व्ययभारसमेत थपिएको छ ।

मुख्यमन्त्री राउतले नेकपा (एस)लाई सरकारमा ल्याउन सामाजिक विकास मन्त्रालयलाई विभाजन गर्ने गृहकार्य थालेका छन् । तर, मन्त्री पद जोगाउन खेमा परिवर्तन गरेर आएका नवल किशोर साह रुष्ट हुने सम्भावना बढेको छ । अहिले प्रदेश सरकारमा जसपाले मुख्यमन्त्रीसहित पाँच मन्त्रालय, कांग्रेस तीन र  माओवादी केन्द्रले एक मन्त्रालयको जिम्मेवारी सम्हालेको छ ।- न्युज काराखाना 

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको साबिक ३ मा पहिलो पटक महोत्सव तिलोत्तमाको बेबराचोक–कान्छीबजारसम्मको सडक निर्माण दोस्रो प्याकेजको ठेक्का सूचना प्रकाशन गर्न सहमति मोतीपुर औद्योगिक क्षेत्रको प्रगतिबारे बुटवलमा छलफल डिजिटल पेन्टसद्वारा चाडपर्ब लक्षित ‘डिजिटलको हर्ष उपहारको वर्षा’ योजना मनसुन लम्बियो: धान नकाटौं, काटेको भए भित्र्याइहालौं संघीयता कार्यान्वयनमा देखिएको समस्या कानुन बनेपछि अन्त्य हुन्छ : मन्त्री गुरुङ सभामुख घिमिरेलाई औषधि व्यवसायी संघको ज्ञापन नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार गरेको आरोपमा सचिव मरासिनीसहित ७ जनाविरुद्ध मुद्दा दायर नवलपरासीमा यात्रुको पैसा चोरेर जंगलतिर भागेका एक भारतीय सशस्त्रको नियन्त्रणमा लुम्बिनीमा लम्पी स्किनबाट १ लाख ९२ हजार पशु संक्रमित, ९ हजार ६११ मरे बलात्कार आराेपमा एकजना पक्राउ नवलपरासीको बर्दघाटमा चलचित्र “काँडेतार” को प्रर्दशन गम्भीर अपराधीलाई आममाफी दिएकोप्रति रास्वपाले गरायो राष्ट्रपतिको ध्यानाकर्षण बुटवलका वडाका कर्मचारीलाई राजस्व व्यवस्थापन सम्बन्धी तालिम पृथक पहिचान बनाउँदै गुल्मीका समन्वय प्रमुख काठमाडौंको गौशालामा गोली चल्यो, एक जना घाइते लगातार छैटौँ दिन पनि घट्यो सुनको भाउ बेपत्ता भएको १८ महिना पछि जंगलमा झुन्डिएको अवस्थामा शव भेटियो एसियाड क्रिकेटको क्वाटरफाइनलमा नेपालकाे प्रतिस्पर्धा भारतसँग वेस्टर्न युनियनको सडक यात्रा : बुटवल आइपुग्यो कलाकारको टोली