११ आश्विन २०८०, बिहीबार

Sep 28, 2023

काठमाडौँ । एप्पललाई पछाडी पार्दै माइक्रोसफ्ट फेरी एक पटक विश्वको सबैभन्दा मुल्यवान कम्पनि बनेको छ ।शुक्रबार माइक्रोसफ्टको बजार मुल्य २.४६ ट्रिलियन डलर पुगेको हो । पछिल्लो अपडेट अनुसार एप्पलको बजार मुल्य २.४३ ट्रिलियन डलर रहेको छ । एप्पलको बर्षको तेस्रो त्रैमासिकको रिपोर्ट आशा गरे अनुसार नआउदा माइक्रोसफ्टले उछिनेको हो ।त्यस्तै पछिल्लो कारोबारमा एप्पलको श्येर मुल्यमा पनि गिरावट आएको छ । एप्पलको शेयर मुल्यमा २.२७ प्रतिशतले घटेको छ । त्यस्तै माइक्रोसफ्टको शेयर मुल्य भने १.३४ प्रतिशतले बढेको छ ।

Advertisement

कोरोना महामारी र विश्वका कैयौ देशको वितरण प्रणाली प्रभावित हुदा एप्पलको आम्दानी प्रभावित भएको देखिएको छ । एप्पलका प्रमुख टिम कुकले वितरण प्रणाली प्रभावित हुदा ६ अर्ब डलरको रेभेन्यूमा कमि आउने अनुमान गरिएको बताएका छन् । उनले आउदो डिसेम्बरमा वितरण प्रणाली अझ खराब हुने आशंका व्यक्त गरेका छन् ।

एप्पल एक ट्रिलीयन र २ ट्रिलीयन डलरको कम्पनि बन्ने विश्वको पहिलो कम्पनि हो । २०२० को जुलाईमा एप्पलले साउदी अरबको आयल कम्पनि अरामलाई पछाडी पार्दै विश्वको मुल्यवान कम्पनि बनेको थियो ।माइक्रोसफ्टले पछिल्लो पटक २०२० मा एप्पललाई पछाडी पारेको थियो । त्यति बेला पनि कोरोनाका कारण वितरण प्रणाली अवरुद्ध हुदा एप्पलले नोक्सानी बेहोरेको थियो ।

यस बर्ष माइक्रोसफ्टको श्येर मुल्यमा ४५ प्रतिशतसम्म बढेको छ भने एप्पलको शेयरमा १५ प्रतिशतको वृद्धि देखिएको छ । कोरोना महामारीका कारण माइक्रोसफ्टको क्लाउड सर्भिसको माग अत्यधिक बढेको कारण शेयर मुल्यमा पनि वृद्धि देखिएको छ । गएको जुनमा पहिलो पटक माइक्रोसफ्टको मुल्य २ ट्रिलीयन डलर पुगेको थियो ।   

प्रतिकृया दिनुहोस्

Flash News

कलाकारहरूको टोलीसहित जनचेतनाका लागि वेस्टर्न युनियनको देश दौडाहा, बुटवलमा पनि आउने सर्लाहीमा जलाउन लागिएको युवतीको शव चिताबाट बरामद, ३ जना पक्राउ नारायणीमा नुहाउने क्रममा दुई युवक बेपत्ता राप्रपा अध्यक्ष लिङ्देन कतार प्रस्थान, कार्यवाहक अध्यक्षको जिम्मेवारी बुद्धिमान तामाङलाई १ हजार ४०० रुपैयाँ घट्यो सुनको भाउ विदेश जाने मोह त्यागेर निजामती रोजेको म ! हिरोइन तस्करीको मामिलामा भारतमा कांग्रेस सांसद पक्राउ १९औं एसियाली खेलकुद : ब्याडमिन्टनमा नेपाल पुरुष टिम क्वाटरफाइनलमा प्रवेश मीड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँट ३५ स्थानीय तहलाई एम्बुलेन्स वितरण गर्दै काठमाडौं महानगर नेपालको सार्वजनिक ऋण २३ खर्ब ९ अर्ब पुग्यो, दुई महिनामै ४९ अर्ब २३ करोड थपियो एमाले बाग्मती प्रदेशका भावी नेतृत्वका लागि आज मतदान सन्दर्भ सेप्टेम्बर २८ : रेविजबाट बच्न सकिन्छ लुम्बिनी प्रादेशिक अस्पतालमा बढ्दै जनविश्वास, सेवा सुधारका लागि ‘निर्देशिका’ ल्याउने तयारी  साफ यू-१९ च्याम्पियनसिप फुटबल : भारतसँग नेपाल स्तब्ध बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन बाँकेमा पाटेबाघ मृत फेला राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता एनवाईएफसी क्लासिक-२०२३ सम्पन्न संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले दिए राजीनामा