८ आश्विन २०८०, सोमबार

Sep 25, 2023

काठमाडौं । जर्मन बुन्डेसलिगाम होफेनहेमले हेर्था बर्लिनलाई २-० गोल अन्तरले पराजित गरेको छ ।  शुक्रबार भएको दसौँ चरणको पहिलो खेलको १९औँ मिनेटमा एन्द्रेज क्रमारिकले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

भ्रमणमा रहेकाे बर्लिनमाथि हाबी बनेको होफेनहेमका लागि ३६‍औँ मिनेटमा सेबास्टियन रुडीले गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।  पहिलो हाफमा २-० ले पछि परेको बर्लिनले दोस्रो हाफमा गोल फर्काउने प्रयास गरे पनि घरेलु टोलीको रक्षापंक्ति छिचोल्न सकेन ।निर्धारित समयको खेल सकिन १४ मिनेट बाँकी रहँदा डेरड्रिक बोयाटाले रातो कार्ड पाएसँगै १० जना खेलाडीमा सीमित भएको बर्लिनले त्यसपछि गोलका अवसर सृजना गर्न सकेन ।

सुरुआतदेखि नै हाबी बनेको होफेनहेमले पहिलो हाफमा लिएको अग्रता जोगाउँदै बुन्डेसलिगामा चौथो जित निकाल्यो । कूल १० खेलबाट १४ अंक जोडेको होफेनहेम अंक तालिकाको सातौं स्थानमा उक्लिएको छ ।१२ अंक बटुलेको बर्लिन तालिकाको १०औँ स्थानमा छ । शीर्ष स्थानको बायर्न म्युनिखले ९ खेलबाट २२ तथा दोस्रो स्थानको बोरुसिया डर्टमन्डले पनि समान ९ खेलबाट २१ अंक जोडेको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

रोल्पामा बस दुर्घटना, तीन जना घाइते डेंगु संक्रमणबाट थप एकको निधन  चाँंगुको शिक्षाको विकासका लागि जेल जानुपरे सबैभन्दा पहिला म जान्छु : मेयर जीवन खत्री युवती बलात्कार आरोपमा बालक पक्राउ एसियाली खेलकुद : महिला क्रिकेटको उपाधि भारतलाई ड्रोनबाट ब्यानर उडाएर एमाले बागमती प्रदेश अधिवेशन सुरु सुशासन समृद्धि र भ्रष्टाचार कोरिया नेपाल बहुप्राविधिक शिक्षालय बुटवल-१२ तामनगरमा वेल्डिङ व्यवसाय तालीम सुरू विदेशमा नेपालीमा आत्महत्या र डिप्रेसनको डर लाग्दो समस्या बालुवा उत्खनन गर्ने १० ट्याक्टर प्रहरी नियन्त्रणमा पर्सामा ३२ किलो चरेससहित एक जना पक्राउ लागूऔषधसहित पाँचजना पक्राउ लम्पी स्किन भ्याक्सिनमा कालोबजारी, ८० रुपैयाँको खोप १७२ मा बेच्दै लोटस भेट अभियन्ताहरू बोलाउँदा आएनन्, उहाँहरूको नेतासँग वार्ता गर्नुपर्ने हो ?: बालेन नेपाल र चीनबीच १३ बुँदे समझदारीमा हस्ताक्षर प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो प्रधानमन्त्री प्रचण्डद्वारा चीनको राष्ट्रिय स्मारकमा पुष्पगुच्छा अर्पण अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ सूचीकृत, कारोबार सुरु विदेशबाट आएको रकम शाइन बैकको मोबाइल बैंकिङ्ग एपबाटै बुझ्न सकिने सुनचाँदीको मूल्य स्थिर