ताजा अपडेट »

दाङका दशवटै पालिकामा को को भए अध्यक्ष ?

बुधबार, १० कार्तिक २०७८, १० : ३९
8 Shares

दाङ । नेकपा एमालेको दाङका १० वटै पालिकामा प्रथम पालिका अधिवेशन मंगलबार सम्पन्न भएको छ । अधिवेशनले जिल्लाका २ उपमहानगरपालिका, १ नगरपालिका र ७ वटा गाउँपालिकामा नेतृत्व चयन गरेको छ । जसमा तुलसीपुर उपमहानगरपालिकाको अध्यक्षमा माधव वली चयन भएका छन् । उनको नेतृत्वमा ८५ सदस्यीय कमिटी चयन गरिएको छ ।

जसको उपाध्यक्ष लक्ष्मण चौधरी, सचिवमा रूप बहादुर खत्री, उपसचिवमा युवा करारा र छवि खरेल रहेका छन् । यसैगरी आर्थिक विभाग प्रमुख टोपेन्द्र बस्नेत चयन भएका छन् । घोराही उपमहानगरपालिकाको अध्यक्षमा भुवन चौधरी चयन भएका छन् । उनको नेतृत्वमा ७९ सदस्यीय कमिटी चयन गरिएको छ । जसको उपाध्यक्षमा तारा पुरी, सचिवमा इन्द्र बुढाथोकी, उपसचिवमा काशी खनाल र कुलबहादुर गोतामे चयन भएका हुन् । यसैगरी शान्तिनगर गाउँपालिकाको अध्यक्षमा धनबहादुर केसी, उपाध्यक्षमा थम्मन कनौँ, सचिवमा टीकाराम रिजाल, उपसचिवमा राकेश बुढाथोकी र शान्ति कँडेल चयन भएका हुन् । त्यस्तै बबई गाउँपालिकाको अध्यक्षमा जितबहादुर ओली, उपाध्यक्षमा शारदा शाह, सचिवमा धनबहादुर डाँगी, उप सचिवमा टोपबहादुर चौधरी र सबि कुमारी खड्का चयन भएका हुन् ।

त्यस्तै राप्ती गाउँपालिकाको अध्यक्षमा मदन अधिकारी, उपाध्यक्षमा कमलापति चौधरी, सचिवमा भरतमणी न्यौपाने, उपसचिवमा रामबहादुर सुनार र रामबहादुर केसी चयन भएका हुन् । यस्तै गढवा गाउँपालिकाको अध्यक्षमा बाबुराम अधिकारी, उपाध्यक्षमा मधा न्यौपानेमा सचिवमा शिवराज पन्थी, उपसचिवमा केशरी गिरी र मानबहादुर वली चयन भएका हुन् । लमही नगरपालिकाको अध्यक्षमा दण्डीराम चौधरी, उपाध्यक्षमा पुनम गिरी, सचिवमा भानु जोशी, उपसचिवमा अनिता शर्मा र सुदर्शनराज थापा चयन भएको पार्टीले जनाएको छ ।

यस्तै राजपुर गाउँपालिकाको अध्यक्षमा हेमकुमार जिसी, उपाध्यक्षमा गोविन्द नेपाली, सचिवमा मन्साराम यादव, उपसचिवमा सिमाली झाँक्री र लोकबहादुर खड्का चयन भएका हुन् । बङ्गलाचुली गाउँपालिकाको अध्यक्षमा पुष्पराज भण्डारी, उपाध्यक्षमा भीमबहादुर खत्री, सचिवमा भोजराज पन्त, उपसचिवमा धनबहादुर खड्का चयन भएका छन् र दंगीशरण गाउँपालिका अध्यक्षमा रेशम वली चयन भएका हुन् ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी