ताजा अपडेट »

एमाले पाल्पा रामपुर अध्यक्षमा रेग्मी निर्विरोध

बुधबार, १० कार्तिक २०७८, ०९ : ३८
8 Shares

पाल्पा। नेपाल कम्युनिष्ट पार्टी (एमाले) रामपुर नगर कमिटीको अध्यक्षमा विष्णु प्रसाद रेग्मी निर्विरोध निर्वाचित भएका छन् । मंगलबार सम्पन्न प्रथम नगर अधिवेशनले रेग्मीको अध्यक्षतामा ७५ सदस्य नगर कमिटी सर्वसहमतीमा चयन गरेको हो ।

नगर कमिटीको उपाध्यक्षमा तोयानाथ सारु, सचिवमा कृतिनाथ श्रेष्ठ, उप-सचिवमा मीन बहादुर खाँण र ईश्वरी देवी खनाल चयन हुनु भएको छ । अधिवेशन होटेल न्यू श्रीनगरको सभाहलमा भएको थियो ।

नव निर्वाचित अध्यक्ष रेग्मीले यस अघि नेकपा एमाले रामपुरको संयोजकमा रहेर समेत काम गरेका थिए। अधिवेशनको उट्घाटन नेकपा एमालेका पोलिटब्युरो सदस्य एबम् प्रदेश इन्चार्ज संघीय सांसद दल बहादुर रानाले गरेका थिए।

उट्घाटन समारोहलाई सम्बोधन गर्दै रानाले एमाले पार्टी सुदृढीकरण तर्फ लागेको बताए। उनले केन्द्रको विषयलाई जोड्दै परमादेशबाट बनेको सरकारले न्यायपालिकालाई समेत बिबादमा तानेको भन्दै अब धेरै समय सरकार अगाडि नबड्ने बताए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।