४ कार्तिक २०७८, बिहीबार

Oct 21, 2021

नेपालगञ्ज । धान बाली काट्ने र भित्र्याउने कामको चटारो सुरु हुनै लाग्दा नरैनापुर–६ का सुकाइ यादव आजभोलि थोरै समय भए पनि पढ्न र लेख्नका लागि छुट्ट्याउन । ५० वर्ष नाघिसकेका उनलाई यसअघि कहिल्यै पढ्ने र लेख्ने कुरामा चासो थिएन । 

Advertisement

जीवनको सबै समय खेतीपाती र घरधन्दामा खर्चेका उनी ल्याप्चे लगाउनेलाई पालिकाद्वारा सुविधा रोक्ने डरले आजभोलि समय निकालेर पढ्न–लेख्न सिक्दैछन् । उनलाई अचेल पढ्न–लेख्न पनि जान्नु आवश्यक रहेछ भन्ने लागेको छ । 

नरैनापुर–६ कै ७० वर्षीया रामकुमारी यादवका आँखाले भर दिन छोडेका छन् । अलि परको मान्छे चिन्न अलि गाह्रो हुन्छ । तर, पनि उनी अक्षर चिन्नको लागि प्रयास गर्दै आएकी छन् । अहिलेसम्म पनि हस्ताक्षरको ठाउँमा औंठा छाप लगाउने उनलाई आफ्नो हस्ताक्षर गर्ने ठूलो रहर छ । ‘लेख्न सिकेपछि भने औंठाको छाप भन्दा पनि हस्ताक्षर नै गर्छु,’ प्रफुल्ल हुँदै उनले भनिन् । उनले आफूले कहिल्यै नसोचेको विषयमा गाउँपालिकाले सोचेर पढाउँदा उत्साहित भएको बताइन् ।

पछिल्लो समय नरैनापुर गाँउपालिकाले आफ्ना जनतालाई साक्षर बनाउने अभियान थालेपछि नरैनापुर–५ जमुनीकी ३५ वर्षकी तारादेवी यादवलाई पनि आफ्नो नाम मात्रै भए पनि लेख्न सिक्ने उत्साह जागेको छ । उसो त गाउँपालिकाले अब उप्रान्त ल्याप्चे लगाउनेलाई कुनै पनि सेवा सुविधा नदिने सन्देश प्रवाह गरेपछि उनलाई झन् ढिलै भए पनि पढ्ने इच्छा जागेको हो ।

नरैनापुर–५ की आइती बोहराले गाउँपालिकाले ल्याप्चे लगाउनेलाई वृद्ध भत्ता र अरू सुविधा नदिने भनेपछि साक्षरता कक्षामा सहभागी भएको बताइन् । उनले भनिन्, ‘सानो उमेरमा दाइ र भाइलाई पढ्न पठाउँदा आफूलाई पनि पढ्न जान मन लागे पनि बाख्रा गोठालो पठाएर पढ्ने अवसरबाट अभिभावकले वञ्चित गरे । अहिले भने गाउँपालिकाले आफ्नो नाम लेख्ने बनाउने गरी पढाउन थालेको छ । हाम्रा लागि यो खुसीको कुरा हो ।’

माथिका सुकाइ यादव, रामकुमारी, तारादेवी र आइती बोहराका त प्रतिनिधि पात्र मात्र हुन् । यतिबेला उनीहरू जस्तै नरैनापुरका ६ वटै वडाका नौ हजार पाँच सय १८ जना साक्षरता कक्षामा पढ्न लेख्न सिकी रहेका छन् । गाउँपालिकाले आगामी मंसिर महिनाभित्र पालिकालाई पूर्ण साक्षर पालिका घोषणाको तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए ।

‘पालिकाले अभियानको रूपमा साक्षरता कक्षा सञ्चालन गरेपछि अहिलेसम्म पढाइलेखाइमा चासो नदिएका स्थानीय बिस्तारै साक्षरतातर्फ आकर्षित हुन थालेको पाएका छौ,’ उनले भने ।

गाँउपालिकाले पनि उनीहरूलाई साक्षर बनाउनका लागि विभिन्न क्रियाकलाप गरिरहेको छ ।  पालिकाले गत जेठ मसान्तभित्र पालिकालाई साक्षर घोषणा गर्ने तयारी गरेको भए पनि कोरोना महामारीका कारण केही समय पर धकेलिएको पालिकाका शिक्षा शाखा प्रमुख कृष्ण कुमार थारुले बताए ।

उनले साक्षरता अभियानलाई सफल बनाउनको लागि पालिकामा रहेका विद्यालयलाई केन्द्र मानेर प्रत्येक विद्यालयको कार्य क्षेत्रभित्रका निरक्षरलाई साक्षर बनाउनको लागि शिक्षक, कर्मचारी, तथा अन्य शिक्षित व्यक्तिलाई परिचालन गरिएको बताए । यसका लागि एकव्यक्ति साक्षर बनाउँदा सहयोगी शिक्षक वा सहजकर्ताले ३ सय पाउने गरी सुविधासमेत तोकिएको जानकारी दिए । 

नरैनापुर गाउँपालिकाका ३४ हजार व्यक्तिमा गरिएको अनुसन्धानमा १५ देखि ६० वर्षका ९ हजार ५ सय १८ जना अझै पनि निरक्षर रहेको गाउँपालिकाको तथ्याङ्कमा छ । नरैनापुरमा २१ वटा सामुदायिक विद्यालय, २६ वटा मदरसा र ३ वटा संस्थागत विद्यालय सञ्चालनमा छन् । 

यी मध्ये आधारभूत तह कक्षा ८ सम्म सञ्चालन भएका विद्यालय ४, माध्यमिक तह कक्षा १० सम्म सञ्चालन भएका ३ वटा, कक्षा १२ सम्म सञ्चालन भएको विद्यालय १ वटा विद्यालय रहेका छन् । ४२ वटा विद्यालय र मदरसा प्रावि तहका सञ्चालनमा रहेका छन् ।

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

महिला मेयर कप : राष्ट्रिय खेलाडी प्रेरित बागमतीको विजयी सुरुआत बाग्मती प्रदेशसभाको बैठक अन्याेलमा, एमाले सांसद अनुपस्थित हुने सीडीओ र एसपी तासमा मग्न भिडियो सार्वजनिक भएपछि… अवरुद्ध सिद्धार्थ राजमार्ग चालु नाम्खाको तुम्लिङमा फसे चार विदेशीसहित १२ जना बुटवलमा काटेर राखिएका ३० हेक्टर क्षेत्रफलको धान बाली क्षेति पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको कमला नदी पुलको अर्को स्पान पनि भासियो ‘सन् २०२२ सम्म कोभिड महामारी’ पुरानै लयमा फर्किदै छ बेनी बजार विश्वकै सबैभन्दा लामो लकडाउन आजदेखि खुल्दै हात्ती आक्रमणबाट मृत्यु भएका परिवारलाई दश लाख धान डुब्यो, गहुँ लाउने आश मर्‍यो बुद्धको महापरिनिर्वाण भएको कुशिनगरमा अन्तर्राष्ट्रिय विमानस्थल भारतमा नौ महिनामा एक अर्बले लगाए खोप नेपाली फिल्म ‘एक्सन नाइन’मा सुनिल शेट्टीको इन्ट्री महिला मेयर कप आजबाट, उद्घाटन खेलमा महालक्ष्मी र बागमती भिड्दै प्रधानमन्त्री देउवा आज कर्णाली र सुदूरपश्चिमको निरीक्षणमा जाँदै अलपत्र पर्यटकको उद्धार गर्न गृहमन्त्रीको निर्देशन चितवनको ३० प्रतिशत धानबालीमा क्षति बागलुङमा ड्रागन फ्रुटको व्यावसायिक खेती