ताजा अपडेट »

गठबन्धन सरकार हुँदा क्षमतावानलाई मन्त्री बनाउन नसकेकोमा दुखी छु: प्रधानमन्त्री देउवा

शनिबार, २३ असोज २०७८, ११ : ११
8 Shares

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनको सरकार हुँदा नेपाली काँग्रेसका क्षमतावान र योग्य नेतालाई मन्त्री बनाउन नसकेको बताएका छन्। आज (शनिबार) बालुवाटारमा स्कुल अफ डेमोक्रेसी अमेरिकाका शाखाद्वारा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

‘शुक्रबार मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। तर गठबन्धनको सरकार हुँदा पार्टीका क्षमतावान र योग्य साथीहरू मन्त्री बनाउन सकिएन’, उनले भने, ‘यसमा म दुखी छु।’ उनले भोलिका दिनमा उनीहरुलाई उचित जिम्मेवारी दिने बताए। शुक्रबार प्रधानमन्त्री देउवाले १६ मन्त्री र २ राज्यमन्त्री थपेर सरकारलाई पूर्णता दिएका थिए ।

यस्तै, प्रधानमन्त्री देउवाले बिपी कोइराला शताब्दी सन्देश नाम पुस्तक प्रकाशन गरिएकोमा स्कुल अफ डेमोक्रेसीका केन्द्रीय अध्यक्ष तथा काँग्रेस युवा नेता नैनसिंह महरलाई धन्यवाद दिए। कार्यक्रममा काँग्रेस नेता मीन विश्वकर्मा, तारादेवी भट्ट र नैनसिंह महरले किताब र बिपी कोइरालाबारे प्रकाश पारेका थिए। यस्तै, काँग्रेसमा संविधानविद् तथा बीपीबारे अध्येता बिपिन अधिकारले आफ्नो धारणा राखेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।