ताजा अपडेट »

इमानदार भएर काम गर्न नवनियुक्त मन्त्रीहरुलाई प्रधानमन्त्री देउवाको निर्देशन

शनिबार, २३ असोज २०७८, ०७ : ३०
6 Shares

काठमाण्डाै । सरकारले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउने सम्बन्धी मापदण्ड,२०७८ लाई स्वीकृत गरेको छ ।मन्त्रिपरिषद् विस्तार भएपछि शुक्रवार पहिलो पटक बसेको मन्त्रिपरिषद्को बैठकले कम खर्चमा धेरै नजिता दिने भन्दै मापदण्ड स्वीकृत गरेको नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

कोरोना महामारीले देशको आर्थिक व्यवस्थामा परिरहेको सङ्कट र विकासको बढ्दो मागलाई ध्यान दिइएको सरकारी दाबी छ । मापदण्डमा सरकारले अनावश्यक खर्च नगर्ने, कम खर्चमा नतिजा दिने, करारमा अनावश्यक कर्मचारी भर्ना नगर्ने, बैठक र भ्रमण भत्तामा कडाइ लगायतका विषय समेटिएका मन्त्री कार्कीले जानकारी दिए ।

यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले जनअपेक्षाअनुसार प्रभावकारी नतिजा निकाल्ने गरी काम गर्न नवनियुक्त मन्त्रीलाई निर्देशन दिएका छन । मन्त्रिपरिषद्को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले देश, नागरिकको आवश्यकताअनुसार उत्साह र इमानदार भएर नागरिकको अपेक्षालाई सम्बोधन गर्ने गरी काम गर्न निर्देशन दिएकाे सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।