ताजा अपडेट »

देउवाका दुःख : पहिले ६४, अहिले १९

शुक्रबार, २२ असोज २०७८, १६ : ४६
12 Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । सरकार गठनको ८८औँ दिनमा उनले मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । 

गत २८ असारमा प्रधानमन्त्री बनेका देउवाले ८८औँ दिनमा मन्त्रिपरिषदुलाई पूर्णता दिँदा विवादरहित बन्न सकेनन् । 

२०७४ सालमा जम्बो मन्त्रिपरिषद् गठन गरेको भन्दै विवादमा परेका देउवा अहिले गैरसांसद गजेन्द्रबहादुर हमाललाई मन्त्री बनाएकोमा आलोचित भएका छन् ।

नाताले जेठान पर्ने भनिएका गैरसांसद हमाललाई मन्त्री बनाएको भन्दै प्रधानमन्त्री देउवाको आलोचना भइरहेको छ । 

२४ जेठ २०७४ मा गठन भएको र अन्तिम पटक ३१ असोज २०७४ मा पुनर्गठन गरिएको मन्त्रिपरिषद्लाई तत्कालीन प्रधानमन्त्री देउवाले ६४ सदस्यीय बनाएर विवादमा परेका थिए ।

शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्दा गैरसांसद हमाललाई मन्त्री बनाएका देउवाले मन्त्रीको सूचीमा उनलाई १९औँ नम्बरमा राखेका छन् । -न्यूज कारखाना 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।