२५ जेष्ठ २०८०, बिहीबार

Jun 8, 2023

गुल्मी । संघीय सरकारले विद्यालयका बालविकास सयोगी कार्यकर्ताहरुलाई न्यून पारिश्रमिक दिएर चरम शोषण गरिरहेका बेला गुल्मीको एक स्थानीय तहले भने उनीहरुको तलब वृद्धि गरेर मासिक १५ हजार पुर्याएको छ। जिल्लाको धुर्कोट गाउँपालिका सरकारले बालविकास सहयोगी कार्यकर्ताको तलब मासिक १५ हजार पुर्याएको हो।

Advertisement

बिहीबार बसेको कार्यपालिका बैठकले उनिहरुको मासिक १५ हजार र विद्यालयहरुका कार्यालय सयोगी कर्मचारीहरुको पनि तलब वृद्धि गर्ने निर्णय गरिएको धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेले जानकारी दिए। उनका अनुसार प्रावि कक्षा १ देखि ३ सम्म पढाउने विद्यालयका कार्यालय सयोगीहरुको तलब वृद्धि गरि १० हजार पुर्याएको छ।

त्यस्तै कक्षा १ देखि ५ सम्मका प्राविका कार्यलय सयोगीको तलब मासिक १० हजार ५ पुर्याइएको छ । कक्षा १ देखि ८ सम्म पढाउने विद्यालयका कार्यालय सयोगीहरुको तलब मासिक ११ हजार पुयाइएको छ। त्यस्तै १ देखि १० सम्म पढाउने विद्यालयका कार्यालय सयोगीहरुले मासिक तलब १२ हजार पाउने भएका छन् । कक्षा १ देखि १२ सम्म पढाउने विद्यालयका कार्यालय सयोगीहरुलाई मासिक १३ हजार तलब दिइने भएको छ ।

पालिकाकी प्रवक्ता कतिा बिकका अनुसार प्रशासन सहायक वा लेखा सहायकको तलब वृद्धि गरि १८ हजार ५ सय पुर्याइएको छ । अन्य करारका कर्मचारीहरुको मासिक २ हजारका दरले तलब वृद्धि गरिएको छ । धुर्कोटको यस्तो निर्णयबाट विशेषगरी बालविकास सहयोगी कार्यकर्ता र विद्यालय सहयोगीहरु उत्साहित भएका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

५६ लाख सेयर लगानीकर्ताको सुरक्षा गर्न कुनै कसर बाँकी रहँदैनः अर्थमन्त्री डा. महत प्रधानमन्त्री प्रचण्ड केवलकार चढेर पुगे पाल्पाको बसन्तपुर डाँडा घट्यो सुनको मूल्य नेता ठेकेदारको बचाउ नगर्न देउवा र ओलीलाई पत्राचार यस्ताे छ विदेशी मुद्राकाे विनिमय दर चौतारा संरक्षणमा राइनासका युवा दर्शक पाठक घटेर समस्यामा भोगिरहेको सिएनएनवाट सिइयोको राजिनामा मधेशका महिला कथाकारका लागि ‘टेल योर स्टोरी’ नेपाली क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै  इरानले बनायो ध्वनीभन्दा १५ गुणा बढी गतिको मिसाइल म्यान्मारमा सेना समर्थक गायिकाको गोली हानी हत्या असार १ देखि भदौं मसान्तसम्म सडक खन्न प्रतिबन्ध तिलाेत्तमाको शंकरनगर दुर्गादत्त माविमा प्रतिभा प्रदर्शन युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, रुस-युक्रेन एक अर्कामा दोषारोपण गर्दै रेलमा आगलागी भएपछि अस्ट्रियाको सुरुङबाट २०० यात्रुलाई बाहिर निकालिए बाबुराम भट्टराई नेतृत्वको नेसपाको केन्द्रिय समिति बैठक आजबाट प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल आज पनि जारी रहने प्रधानमन्त्री प्रचण्ड आज बुटवल आउँदै, लुम्बिनी केबलकारको उद्घाटन गर्ने भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री रेडक्रस सोसाइटी बर्दिबासद्वारा सर्पदंश उपचार केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान