ताजा अपडेट »

मन्त्रिपरिषद् विस्तारको तयारीमा प्रधानमन्त्री,

शुक्रबार, २२ असोज २०७८, १३ : ३८
10 Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । तर, यसबारे राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी भने गराएका छैनन् । 

प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गरेपछि राष्ट्रपतिले नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ खुवाउने संवैधानिक व्यवस्था छ । तर, मन्त्रिपरिषद् विस्तारबारे राष्ट्रपतिलाई जानकारी गराइएको छैन ।  ‘अहिलेसम्म मन्त्रिपरिषद् विस्तारबारे जानकारी आएको छैन’, राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले न्युज कारखानालाई बताए । प्रधानमन्त्री देउवाले आजै राष्ट्रपतिलाई भेटेका छन् । 

मन्त्रिपरिषद् विस्तारबारे जानकारी नपुगेकाले राष्ट्रपति कार्यालयले नवनियुक्त मन्त्रीहरूको शपथको तयारीसमेत गरेको छैन । ‘मन्त्रिपरिषद् विस्तारबारे जानकारी आएको छैन’, उनले भने, ‘यस कारण अहिलेसम्म शपथको कुनै तयारी गरिएको छैन ।’ 

यद्यपि, उनले शुक्रबार अपरान्ह ३-४ बजेसम्म जानकारी आउन सक्ने पनि बताए ।  शपथसम्बन्धी जारी गरेको अध्यादेश निस्क्रिय भएसँगै अब परम्परागत रूपमा मन्त्रीहरूको शपथ गराउने स्वकीय सचिव अधिकारीले जानकारी दिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।