१४ जेष्ठ २०८०, आईतवार

May 28, 2023

सुनसरी । सुनसरीका एक बालकलाई अपहरणमा परेको १० घन्टापछि उद्धार गरिएको छ । सुनसरीको कोसी गाउँपालिका-७ का १३ वर्षीय दिपेन सदालाई भारतको सुपौल जिल्ला ग्राम पञ्चायत बलबदैपपुर-६ बाट आज भारतीय प्रहरीको सहयोगमा बिहान करिब २ बजे उद्धार गरिएको हो । 

Advertisement

बिहीबार दिउँसो ३ बजे भारतको बैरयाकमाल बस्ने मकुम मियाँले मोटरसाइकलमा बालकको घरदेखि ३५ किलोमिटर पूर्व दक्षिणमा लगेर राखेको अवस्थामा भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले जानकारी दिए । बालकलाई अपहरण गर्ने मियाँले कुटपिटसमेत गरेको बालकले बताएका छन् । 

घटनमा भारतको सुपौल जिल्ला, ग्राम पञ्चायत बलबदैपुर-६ बैरयाकमाल बस्ने मुकुम मिँयासमेत संलग्नता रहेको प्रहरीले बताएको छ । मुकुम मियाँ नेपालबाट भारत कामदार पठाउने ठेकेदारसमेत रहेका थिए । उनले कोसी गाउँपालिका-७ का १५/२० जना स्थानीयलाई काम लगाइदिन्छु भन्दै सोही स्थानका भुल्टन सदालगायत पाँचजनाबाट प्रतिव्यक्ति दुई लाखका दरले रकम समेत उठाएका थिए ।

स्थानीयले बालक अपहरण गर्ने मकुम मियाँमाथि शंका गरेपछि उनीहरूले भारत नजाने बताएका थिए । त्यसैको रिस फेर्न भुल्टनकै गाउँको बालकलाई अपहरण गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । अपहरणमुक्त भएका बालकलाई अभिभावकको जिम्मा लगाएको प्रहरीले जानकारी दिएको छ । साथै घटनामा संलग्नमाथि अपहरण तथा शरीर बन्धक शीर्षकअन्तर्गत आवश्यक थप अनुसन्धान भई रहेको समेत प्रहरीले बताएको छ । -न्यूज कारखाना

प्रतिकृया दिनुहोस्

Flash News

रेशम चौधरीसहित ४८२ जनाको कैद सजाय माफी आम्दा अस्पतालको स्तरवृद्धिको समझदारी गर्न बुटवलको टोली जापान प्रस्थान बुटवलमा भारतीय नम्बरको कारको ठक्करबाट प्रहरी साहयक हवल्दार अमृत बस्नेत घाइते ‘छल्दी खोलामा बाढी आएपछि स्थानीयले भने : विपतमा खै रेसुङ्गा र इस्माका जनप्रतिनिधी ?’ बुटवलका मासुपसलमा खसीबोकाको भनेर बाख्रीको मासु विक्रि, ७५ किलो मासु जफत गरी नष्ट नदी उत्खनन् गर्न नपाएपछि ट्याक्टर व्यवसायीले घेरे देवदह नगरपालिका सरकारको आर्थिक सर्वेक्षणले भन्छ- अर्थतन्त्र सुधार हुँदैछ [पूर्णपाठ] बुटवलको ढवाहामा जेठ २५ गतेदेखि ‘दोस्रो पीस पार्क मेला’ हुने भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसहित नेताहरुसँग मागे प्रधानमन्त्री प्रचण्डले सुझाव सेयर बजार दोहोरो अंकको गिरावट अर्घाखाँचीको शितगंगा–५ जुकेनामा बिपि स्मृति भवन बन्ने धर्नामा बसेका अधिकारकर्मीहरु पक्राउ प्रतिनिधिसभा संसदीय सुनुवाइ समिति गठन, यही हुन् सदस्यहरू अनिता ढुंगानालाई योजना आयोगको सदस्यमा नियुक्त गर्ने सरकारको निर्णय ७० वर्षीया वृद्धा र १७ वर्षीया किशोरी बलात्कृत भाडादर छुट गरी सहयोग गर्न होटल ब्यवसायीहरुको घरधनीलाई आग्रह तमोर जलाशययुक्त आयोजनाबाट पावर चाइनालाई बिदाइ गर्ने प्रक्रिया अघि बढाइयो अनुष्का भन्छिन्–वर्षमा एउटामात्र फिल्म बुटवलका रुकबहादुर आफ्नै सुत्ने कोठामा मृत फेला प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो