२१ जेष्ठ २०८०, आईतवार

Jun 4, 2023

जनकपुरधाम । कोरोना महामारी कारण डेढ वर्षदेखि बन्द रहेका सीमानाकाहरू खाेल्ने सरकारले निर्णय गरे पनि प्रदेश २ का जिल्लाका मुख्य नाकाहरू अहिलेसम्म पूर्ण रुपमा सञ्चालनमा आउन सकेका छैनन् ।

Advertisement

पर्सा र रौतहटमा केही नाकाबाट भारतीय गाडीहरू आउने र जाने गरेपनि सिरहा, सप्तरी, महोत्तरी, धनुषालगायतका जिल्लाको नाकाबाट भारतीय गाडीसमेत आवत–जावत गरेको देखिदैन । धनुषाका जटही, महोत्तरीको भिट्ठामोडमा नाकाहरूको भारतीय एसएसबीले नेपालीलाई मोटरसाइकल चढेर पनि भारतीय बजार जान दिएकाे छैन ।

माथिबाटै सवारी साधन आवत–जावत गर्न नदिने निर्देशन आएको जटही नाकामा खटेका एक भारतीय एसएसबीले बताए । उनले भने, ‘नेपाल सरकारले बोर्डर खोलेको छ । तर हामीलाई हाम्रो पक्षबाट नाका खुल्ला गर्न अहिलेसम्म निर्देशन आएको छैन । विहारमा ग्रामपंचायतको निर्वाचन भइरहेकोले पनि सीमामा कडाई गर्न निर्देशन आएको छ ।’

धनुषा प्रशासनले भारतीय नागरिकले स्वास्थ्य मापदण्ड अपनाएर आउन सक्ने बताएको छ । तर मापदण्ड पालना गरेर आउनेको संख्या न्यून छ । धनुषाको मुख्य नाका हो जटही । तर अहिले सुनसान छ । न नेपाली सवारीहरू भारत जाने गरेको देखिन्छ, न भारतीय सवारीहरू नेपाल आउँदै गरेको ।

सीमाको अवस्था हेर्दा नेपाल र भारतबीच समन्वयको अभाव देखिन्छ । सिरहाको नाकाहरू पनि पूर्णरुपमा सञ्चालनमा आएको छैन । धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले भने, ‘हाम्रो तर्फबाट सीमा नाका खुल्ला छ । तर भारततर्फबाट अवरोध भइरहेको छ । उहाँहरूले कुन कारणले अवरोध गरिरहेको ? यो विषयमा पराराष्ट्र मन्त्रालयले पहल गनुपर्छ ।’

नाकाबाट यात्रुबाहक सवारीहरू आवत–जावत नहुँदा सर्वसधारण समस्यामा परेका छन् । दशैंका बेला एउटा नाकाबाट मात्रै दैनिक हजारौं नेपाली मजदुर फर्किन्छन् । तर गाडी नचल्दा पैदल यात्रा गर्न बाध्य छन् । सवारी नचल्दा व्यवसायीसमेत मर्कामा परेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

घरबहाल सम्बन्धी समस्या समाधान गर्न राज्यपक्ष गम्भिर हुनुपर्ने एक पक्षीय भएको भन्दै पत्रकार महासंघ रुपन्देहीको शुद्धिकरण प्रस्तावलाई प्रेस चौतारीले गर्यो अस्वीकार भारतले आफ्ना नागरिकलाई नेपाली नागरिकता दिलाउन खोजिरहेको छ : चित्रबहादुर केसी राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयनलाई सर्वोच्चले रोक्यो भिरबाट लडेर १९ वर्षीय किशोरको मुत्यु नवलपरासीमा भत्किएको पुलमा दुर्घटना भएको मृतकको परिचय खुल्यो जाउँ हिड रेसुङ्गा… १० प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन हेमन्तले जन्माएको वेलकम टु हेम्जाकोट छुवाछुत उन्मूलन दिवसको अवसरमा देविनगर राखियो सूचना वोड प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्मका लागि स्थगित गायिका समीक्षा अधिकारीको ‘ए सुवा’मा समारिका र जोन गौर हत्याकाण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, भोलि पेसी लागूऔषधसहित ६ जना पक्राउ मलेसियासँगको शृंखला उपाधि नेपाललाई जसपाको अगुवाइमा भएको संघर्षका कारण परिवर्तन सम्भव भयोः महेन्द्र यादव खाना नास्ता प्रकरण : गल्ती लुकाउन २४ लाखको झुटो विवरण, भुक्तानी दिएको १४ लाख गायब संसद बैठक १ घण्टाका लागि स्थगित नागरिकता विधेयक प्रमाणीकरणले संसद बैठक अवरुद्ध, सांसदहरुको नाराबाजी   काफल बेच्दै कलमकापीको जोह गर्दै बालबालिका