१७ जेष्ठ २०८०, बुधबार

May 31, 2023

नेपालगञ्ज। एक साताको अन्तरालपछि भेरी अस्पताल नेपालगञ्जमा थप चार जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाका तीन र दाङका एक जना रहेको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।जिल्ला कोभिड–१९ ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार एक सातासम्म कसैको मृत्यु नभएकोमा बिहीबार दिउँसोदेखि शुक्रबार विहानसम्म चार जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो ।

Advertisement

उपचारका क्रममा मृत्यु हुनेमा बर्दिया, राजापुर नगरपालिका वडा नम्बर ८ का ३५ वर्षका पुरुष, राजापुर नगरपालिका वडा नम्बर ४ बर्दियाकी ५२ वर्षीया महिला, बारबर्दिया नगरपालिका वडा नम्बर ११ बर्दियाकी ४२ वर्षीया महिला र दंगिशरण गाउँपालिका वडा नम्बर १ दाङकी ३७ वर्षीया महिला रहेको फोकल पर्सन ओलीले बताए।

उनले ती चारै जनालाई कोभिड भएको पुष्टि भएपछि उनीरुको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएकाले भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरेर उपचार भैरहकोमा स्वास्थ्यमा सुधार नआएपछि मृत्यु भएको बताए।पाँच घण्टामा चार जना संक्रमितको मृत्यु भएको भेरी अस्पतालले जानकारी गराएको जनाउँदै फोकल पर्सन ओलीले बाँकेलगायत नजिकका जिल्लाहरुमा समेत संक्रमण घट्दै गएपछि गत केही समय मृत्यु हुने क्रम पनि रोकिएको बताए।

यो सँगै कोरोना संक्रमणबाट बाँकेका स्थानीय ३३५ र बाहिरी जिल्लाबाट उपचारका लागि आएका ४२३ जनाको मृत्यु भइसकेको जिल्ला कोभिड–१९ ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ।नेपाल भारत सीमानालगायत बजार र अन्य सबै प्रतिष्ठानहरु खुला गरिएपछि पनि स्वास्थ्य मापदण्डको पालनामा खासै ध्यान नदिइएकाले संक्रमण दर बढ्ने आशंका बढ्दै गएको छ ।

अहिले बाँकेका प्रमुख सहरी क्षेत्रलगायत सीमा नाकामा समेत मास्क र भौतिक दुरीको पालना अधिकांशले नगरेको पाइएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

नागरिकता विधेयक प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक : लोसपा सुखी नेपाली, समृद्ध नेपालका लागि ‘एक घर एक स्काउट’, ‘एक विद्यालय एक युनिट’ प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा, राज्यमन्त्री मिनाक्षीले गरिन् स्वागत शिवजी क्षत्रीको कोरियोग्राफी र निर्देशनमा आउरे बाउरे सार्वजनिक बालेनको चेतावनीपछि मन्त्रालयको ताकेता : १० प्रतिशत शैया र निःशुल्क उपचार उपलब्ध गराउ नागरिकता विधेयक प्रमाणीकरण स्वागतयोग्य, तर प्रक्रिया मिलेन : मनिष झा सेयर बजार बुधबार पनि सम्हालिएन कोशी प्रदेशको नाममा पुनर्विचार गर्न १४ जिल्लाका कांग्रेस सभापतिको आह्वान एमालेले डाक्यो सचिवालय बैठक नागरिकता विधेयक प्रमाणीकरण क्रान्तिकारी कदम : प्रधानमन्त्री रुपन्देहीमा देवदह दरबार अनुमान गरिएको खयरडाँडामा उत्खनन आफ्नै अभियानविपरीत धनगढी उपमहानगरले बनायो नाला मिचेर सडक प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान (फोटो फिचर) जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ प्रधानमन्त्री प्रचण्ड ४ दिने भारत भ्रमणका लागि प्रस्थान कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ नेपालको राष्ट्रिय अखण्डमाथिको प्रहार रोक्न प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण केन्द्रित रहोस् : प्रजातान्त्रिक युवा संगठन बाफ्टा विजेता फिलिपको फिल्ममा सामन्था