२१ जेष्ठ २०८०, आईतवार

Jun 4, 2023

बुटवल । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-नारायणगढ सडक विस्तारमा भैरहेको ढिलासुस्तीले यात्रुहरूको आवागमन कष्टकर बनेको छ । पानी पर्दा हिलो र घाम लाग्दा धुलो हुनुका साथै खाल्डाखुल्डीका कारण यो सडक भएर यात्रा गर्ने यात्रुले सास्ती पाएका हुन् । दसैं सुरु भइसक्दा पनि यो सडकखण्ड भएर हिँड्ने यात्रु र सवारीसाधन बढेका छन् ।

Advertisement

बुटवल-नारायणगढ सडकखण्डको एक सय १३ किलोमिटर क्षेत्रमा नौवटा ठूला पुल र एक सय १६ वटा कल्भर्ट बनाउन भत्काएर लथालिंग पारिएको छ । सानो पानी आउँदा पनि पुल र कल्भर्टबाट बग्ने पानी सडकमा आउँछ । जसकारण घन्टौं सडक बन्द हुने गरेको छ ।

१६ अर्ब ९९ करोड रुपैयाँ लागतमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले २०७५ पुसमा बुटवल-नारायणगढ सडक विस्तारको ठेक्का लिएको थियो । दुई लेनको सडक बजार क्षेत्रमा ६, अन्यत्र चार र दाउन्नेको उकालोमा तीन लेनमा विस्तार गरी तीन वर्ष ६ महिनामा सक्नुपर्ने काम दुई वर्ष नौ महिना पुग्दा साढे ९ प्रतिशत मात्रै सकिएको छ । बाँकी ९० प्रतिशत काम कहिले सकिने हो टुंगो छैन । नारायणगढ खण्ड र बुटवल खण्ड गरी दुईतिरबाट विस्तार थालिएको सडकमा ठेकेदारले एक ठाउँमा पूरा गर्नुको साटो जताततै भत्काएर लथालिंग पारेको छ । 

सडकको खण्ड–१ मा पर्ने नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को ६५ किलोमिटर सडकखण्डमध्ये आधाभन्दा बढी भत्किएर खाल्डाखुल्डी छन् । जिल्लाको गैँडाकोटबाट सुरु हुने सडकको खाल्डाखुल्डी दाउन्नेसम्म उस्तै छ । चारवटा स्थानीय तहलाई छुने सो सडकको सबैभन्दा बढी खाल्डाखुल्डी गैँडाकोटमा छ । यो सडकको सबैभन्दा कम खाल्डाखुल्डी र केही राम्रो बाटो भने मध्यविन्दु नगरपालिकाको जंगल क्षेत्रमा मात्रै भेट्टाउन सकिन्छ ।

सो सडक भएर यात्रा गर्नेमध्ये सबैभन्दा बढी समस्या बिरामी र एम्बुलेन्स चालकलाई हुने गरेको छ । संयुक्त एम्बुलेन्स चालक संघ नेपालका केन्द्रीय अध्यक्ष नवराज लामिछानेले नारायणगढ-बुटवल सडक पहिलेको अवस्थामा भन्दा ९९ प्रतिशत बिग्रिएको बताउँछन् । ‘सामान्य नागरिकलाई त त्यो बाटोमा यात्रा गर्न गाह्रो हुन्छ,’ लामिछानेले भने, ‘झन् हामी त बिरामी लिएर हिँड्नुपर्छ, बिरामीलाई चाँडो अस्पताल पु-याउनुपर्छ । बाटोका कारण बिरामीलाई अस्पताल पु¥याउन ढिला हुँदा उनीहरूको अवस्था जटिल भइसकेको हुन्छ ।’ 

सो सडक भएर यात्रा गर्ने अन्य निजी तथा सार्वजनिक सवारीसाधनका चालकसमेत बाटोका कारण समस्यामा पर्ने गरेको बताउँछन् । मध्यविन्दुबाट काठमाडौँ चल्ने माइक्रोबसका चालक अजय चौधरीले बाटोमा खाल्डाखुल्डी बढी हुँदा सवारीसाधन चाँडै बिग्रिने गरेको गुनासो गरे ।

नारायणगढ–बुटवल सडक आयोजनाका सूचना अधिकारी कृष्ण आचार्यले खण्ड-१ मा रहेका सबै खाल्डाखुल्डी अब छिट्टै पुरेर सकिने बताए । निर्माण कम्पनीको कन्ट्रयाक्ट म्यानेजरले आयोजनालाई नटेरेपछि पुरानोलाई हटाएर कम्पनीले नयाँ कन्ट्रयाक्ट म्यानेजर पठाएको भन्दै आचार्यले नयाँ म्यानेजरले आफूहरूले भनेअनुसार काम गरेको बताए ।

मनसुनसमेत सकिएकाले अब भत्किएका बाटो मर्मतसँगै सडक विस्तारको कामले तीव्रता पाउने सूचना अधिकारी आचार्यको भनाइ छ । काममा ढिलासुस्ती भइरहेको अवस्थामा पछिल्लो वर्ष कोभिड पनि बहाना बनेको छ । नारायणगढ-बुटवल सडक आयोजनाअन्तर्गत बुटवल–बर्दघाट सडकखण्ड हेर्दै आएका प्रमुख इन्जिनियर प्रदीप शाक्यले हालसम्म करिब ८ प्रतिशत काम भएको बताए ।

सडकको कुल लागतमध्ये एडीबीले ८५ प्रतिशत रकम ऋण उपलब्ध गराउनेछ भने बाँकी रकम नेपाल सरकारकै हुनेछ । एडीबीले नेपाल सरकारलाई १ दशमलव ५ प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण उपलब्ध गराएको हो ।

२२ साउन ०७९ भित्र निर्माण सक्नुपर्ने गरी ठेक्का सम्झौता भएको ४२ महिनामा सक्ने गरी ०७५ चैतमा शिलान्यास भएको हो । तर, सडक विस्तारको काममा सरकारी निकायहरूबीच समन्वय हुँदा समयमै सुरु हुन सकेको थिएन । गैँडाकोट–दाउन्ने सडकखण्डको लागत नौ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने-बुटवल खण्डको लागत सात अर्ब ८६ करोड ३४ लाख रुपैयाँ अनुमान गरिएको छ ।न्युज कारखाना

प्रतिकृया दिनुहोस्

Flash News

घरबहाल सम्बन्धी समस्या समाधान गर्न राज्यपक्ष गम्भिर हुनुपर्ने एक पक्षीय भएको भन्दै पत्रकार महासंघ रुपन्देहीको शुद्धिकरण प्रस्तावलाई प्रेस चौतारीले गर्यो अस्वीकार भारतले आफ्ना नागरिकलाई नेपाली नागरिकता दिलाउन खोजिरहेको छ : चित्रबहादुर केसी राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयनलाई सर्वोच्चले रोक्यो भिरबाट लडेर १९ वर्षीय किशोरको मुत्यु नवलपरासीमा भत्किएको पुलमा दुर्घटना भएको मृतकको परिचय खुल्यो जाउँ हिड रेसुङ्गा… १० प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन हेमन्तले जन्माएको वेलकम टु हेम्जाकोट छुवाछुत उन्मूलन दिवसको अवसरमा देविनगर राखियो सूचना वोड प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्मका लागि स्थगित गायिका समीक्षा अधिकारीको ‘ए सुवा’मा समारिका र जोन गौर हत्याकाण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, भोलि पेसी लागूऔषधसहित ६ जना पक्राउ मलेसियासँगको शृंखला उपाधि नेपाललाई जसपाको अगुवाइमा भएको संघर्षका कारण परिवर्तन सम्भव भयोः महेन्द्र यादव खाना नास्ता प्रकरण : गल्ती लुकाउन २४ लाखको झुटो विवरण, भुक्तानी दिएको १४ लाख गायब संसद बैठक १ घण्टाका लागि स्थगित नागरिकता विधेयक प्रमाणीकरणले संसद बैठक अवरुद्ध, सांसदहरुको नाराबाजी   काफल बेच्दै कलमकापीको जोह गर्दै बालबालिका