May 28, 2023
बुटवल । बुटवलमा लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुटवल उप-महानगरपालिका वडा नं. ४ घर भई वडा नं.२ बस्ने ३७ वर्षिय लक्षमण विक (लछुमन) रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए ।
उनको साथबाट १६ पुरिया ब्राउन सुगर (१७ ग्राम १०० मिलि ग्राम) जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ, नगद २९ हजार र लु २१ प ७४० नम्बरको मोटरसाइकल नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । ।
प्रतिकृया दिनुहोस्