May 28, 2023
बुटवल । रुपन्देहीको सैनामैनामा सवारी दुर्घटना भएको छ । बिहीबार साँझ सैनामैना नगरपालिका वार्ड नं। ४ का वडाध्यक्ष धनबहादुर कार्की सवार कारलाई सैनामैना–१ रानीबगियामा पिक अप भ्यानले ठक्कर दिँदा दुर्घटना भएको हो ।
बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको बा १६ च १३३३ नम्बरको वडाध्यक्ष सवार कारलाई पश्चिमबाट बुटवलतर्फ आउँदै गरेको लु १ च ७१२५ नम्बरको पिकअप भ्यानले ठक्कर दिएको इलाका प्रहरी कार्यालय रन्यौराले जनाएको छ ।
दुर्घटनाबाट कारमा सामान्य क्षति भए पनि मानवीय क्षति भने नभएकोे इलाका प्रहरी कार्यालय रन्यौरा (मुर्गिया)का प्रमुख चक्रडम्बर पालले बताए । ठक्कर दिने भ्यानका चालक प्रहरी नियन्त्रणमा रहेको बताए।
प्रतिकृया दिनुहोस्