२१ जेष्ठ २०८०, आईतवार

Jun 4, 2023

झापा । भारतीय माछा विस्थापित गर्ने उद्देश्यले जिल्लाका ११ स्थानमा जिउँदो माछाको बिक्री केन्द्र आजदेखि सञ्चालनमा आएको छ । पाँच युवा मिलेर गाभुर एग्रो फार्म प्रालिमार्फत काँकरभिट्टा, इँटाभट्टा, धुलाबारी, भद्रपुर नगरपालिकाको झापा चोक र सगरमाथा चोक तथा बिर्तामोड नगरपालिका क्षेत्रका बिर्ताबजार, चारपाने, बुट्टाबारी, जात्रुबारी, अतिथि सदन रोड र स्याँलडाँगीमा केन्द्रहरु एक साथ सञ्चालनमा ल्याएका छन् ।

स्वास्थ्यका दृष्टिकोणले निकै फाइदाजनक अग्र्यानिक जिउँदो ताजा माछा बिक्री केन्द्रको बिर्ताबजारमा उद्योग वाणिज्य महासङ्घ प्रदेश १ का अध्यक्ष टीकाराज ढकालले उद्घाटन गरेका छन् । फर्मालिन प्रयोग गरेर हप्तौँपछि नेपाल भित्र्याइएका भारतीय मरेका माछाले उपभोक्ताको स्वास्थ्यमा गम्भीर किसिमका रोग लाग्न थालेको उपभोक्ताको गुनासो आएसँगै जिउँदो माछाको बिक्री केन्द्र सञ्चालनमा ल्याइएको गाभुर एग्रोका प्रबन्धक अभय राजवंशीले बताए।

सरसफाइमा विशेष ध्यान दिँदै उपभोक्तालाई अग्र्यानिक ताजा माछा खुवाउने व्यवस्थित बिक्री केन्द्र सञ्चालनमा ल्याइएको केन्द्रमा पंघास, रहु, कमन कार्प, बिग हेड, पम्प्लेट, नैनीलगायतका माछा राखिएको उनले जानकारी दिए । माछालाई जिउँदो राख्नका लागि बिक्री केन्द्रमा सिसाका एक्वारियम बनाई अक्सिजन दिने व्यवस्था गरिएको छ । उनीहरुले सर्वोत्तम एग्रो सप्लायर्स प्रालि नामक अर्को एउटा कम्पनीसमेत स्थापना गरी माछाको दाना पनि बिक्री गर्दै आएका छन् । -रासस

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

घरबहाल सम्बन्धी समस्या समाधान गर्न राज्यपक्ष गम्भिर हुनुपर्ने एक पक्षीय भएको भन्दै पत्रकार महासंघ रुपन्देहीको शुद्धिकरण प्रस्तावलाई प्रेस चौतारीले गर्यो अस्वीकार भारतले आफ्ना नागरिकलाई नेपाली नागरिकता दिलाउन खोजिरहेको छ : चित्रबहादुर केसी राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयनलाई सर्वोच्चले रोक्यो भिरबाट लडेर १९ वर्षीय किशोरको मुत्यु नवलपरासीमा भत्किएको पुलमा दुर्घटना भएको मृतकको परिचय खुल्यो जाउँ हिड रेसुङ्गा… १० प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन हेमन्तले जन्माएको वेलकम टु हेम्जाकोट छुवाछुत उन्मूलन दिवसको अवसरमा देविनगर राखियो सूचना वोड प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्मका लागि स्थगित गायिका समीक्षा अधिकारीको ‘ए सुवा’मा समारिका र जोन गौर हत्याकाण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, भोलि पेसी लागूऔषधसहित ६ जना पक्राउ मलेसियासँगको शृंखला उपाधि नेपाललाई जसपाको अगुवाइमा भएको संघर्षका कारण परिवर्तन सम्भव भयोः महेन्द्र यादव खाना नास्ता प्रकरण : गल्ती लुकाउन २४ लाखको झुटो विवरण, भुक्तानी दिएको १४ लाख गायब संसद बैठक १ घण्टाका लागि स्थगित नागरिकता विधेयक प्रमाणीकरणले संसद बैठक अवरुद्ध, सांसदहरुको नाराबाजी   काफल बेच्दै कलमकापीको जोह गर्दै बालबालिका