ताजा अपडेट »

उपन्यासकार अब्दुलरजाक गुर्नाहलाई साहित्यतर्फको नोबेल शान्ति पुरस्कार

विहीबार, २१ असोज २०७८, १७ : ४९
8 Shares

काठमाडौं । यसवर्षको साहित्यतर्फको नोबेल शान्ति पुरस्कार उपन्यासकार अब्दुलरजाक गुर्नाहले प्राप्त गरेका छन्। खाडी मुलुकका शरणार्थीको जीवन र भाग्यबारे कलम चलाउने गुर्नाहबिना कुनै सम्झौता उपनिवेशवादको चित्रण गर्ने भएकाले उनलाई नोबेल पुरस्कार दिने निर्णय भएको हो ।

तान्जिनियामा सन १९४८ मा जन्मिएका गुर्नाहले हालसम्म लेखेका १० उपन्यासहरूमा शरणार्थीहरूको अनुभव समेट्ने गरेका छन्। सन १९९४ मा उनको प्याराडाइज उपन्यासले उनलाई सफल उपन्यासकारको रूपमा उभ्याएको थियो । जसमा उनले २०औँ शताब्दीमा तान्जिनियामा हुर्किएका बालकको कथा लेखेका थिए।

गुर्नाहको साहित्यमा महाद्विप र त्यहाँको संस्कृतिको अन्तराल उजागर हुने भएकोले उनलाई पुस्कार दिने निर्णय गरिएको नोबेल कमिटीको भनाइ छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।