२५ जेष्ठ २०८०, बिहीबार

Jun 8, 2023

कपिलवस्तु । कपिलवस्तुको यशोधरा गाउँपालिकामा कार्यरत कर्मचारीको एक टोली ‘कार्यालयको काम’ भन्दै भारत घुम्न गएपछि सेवाग्राहीले सास्ती खेप्नु परेको छ । पालिकाको काममा रहेको भन्दै कार्यालय नआइ भारत घुम्न जानेमा प्रमुख प्रशासकीय अधिकृत समेत छन् । उनले पाँच दिन अघिदेखि नै पालिकाका अधिकृत रमेश शर्मालाई निमित्त दिएका छन् । 

Advertisement

भारत घुम्न जानेमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकाल, पशु सेवा शाखा प्रमुख अब्दुल सलाम मुसलमान, स्वास्थ्य शाखा प्रमुख विरेन्द्र मिश्रा, स्टोर प्रमुख बलराम कहाँर, कम्प्युटर अपरेटर देवेन्द्र पाण्डे, कार्यालय सहयोगी दिनेश यादवसहित १० जना छन् । 

निमित्त पाएका शर्माले घटनाको विषयमा खुलाउन चाहेनन् । उनले प्रशासकीय अधिकृतसहितको टोली कार्यालयको कामको सिलसिला बाहिर रहेको बताए । पाँच दिनदेखि निमित्त दिएर गएको र शुक्रवारसम्म फर्कने उनको भनाइ छ । तर, के कामको लागि टोली निस्किएको भन्ने विषयमा जानकारी नभएको उनले जनाए । 

कार्यालयको काम भन्दै उनीहरूले बिदा समेत नलिएको स्रोतले बताएको छ । प्रमुख प्रशासकीय अधिकृतले भारत भ्रमण गर्दा सम्बन्धित मन्त्रालय अनुमति लिनु पर्ने हुन्छ । नगरपालिकाका कर्मचारीले पनि भ्रमणको विषयमा कुनै जानकारी नभएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेयले बताए । कार्यालयका कर्मचारी मनलाग्दीसँग कार्यालय छाड्दा सर्वसाधारणले सास्ती खेप्नु परेको स्थानीय हजरत अलि मुसलमानले बताए । -न्यूज कारखाना

प्रतिकृया दिनुहोस्

Flash News

यस्ताे छ विदेशी मुद्राकाे विनिमय दर चौतारा संरक्षणमा राइनासका युवा दर्शक पाठक घटेर समस्यामा भोगिरहेको सिएनएनवाट सिइयोको राजिनामा मधेशका महिला कथाकारका लागि ‘टेल योर स्टोरी’ नेपाली क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै  इरानले बनायो ध्वनीभन्दा १५ गुणा बढी गतिको मिसाइल म्यान्मारमा सेना समर्थक गायिकाको गोली हानी हत्या असार १ देखि भदौं मसान्तसम्म सडक खन्न प्रतिबन्ध तिलाेत्तमाको शंकरनगर दुर्गादत्त माविमा प्रतिभा प्रदर्शन युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, रुस-युक्रेन एक अर्कामा दोषारोपण गर्दै रेलमा आगलागी भएपछि अस्ट्रियाको सुरुङबाट २०० यात्रुलाई बाहिर निकालिए बाबुराम भट्टराई नेतृत्वको नेसपाको केन्द्रिय समिति बैठक आजबाट प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल आज पनि जारी रहने प्रधानमन्त्री प्रचण्ड आज बुटवल आउँदै, लुम्बिनी केबलकारको उद्घाटन गर्ने भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री रेडक्रस सोसाइटी बर्दिबासद्वारा सर्पदंश उपचार केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान  तिनाउको शैक्षिक सुधारका लागि आलोचना हैन समालोचना आवश्यक भारतीय सीमावर्ती बजारबाट अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशंकामा बुटवलमा अनुगमन अनलाइन ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ प्रियंकासँग सहकार्य गर्दै जुनियर एनटिआर