२१ जेष्ठ २०८०, आईतवार

Jun 4, 2023

गुल्मी । नेपाली कांग्रेस गुल्मीले जिल्लाका १२ पालिकाको पालिका अधिवेशन सम्पन्न गरेको छ । मुसिकोट र कालिगण्डकीबाहेक अरु स्थानीय पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

Advertisement

मुसिकोट नगरपालिकामा सभापतिमा मोहन घिमिरे निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी झविलाल भण्डारीलाई पराजित गरे । १४८ मत मध्ये घिमिरेले ८७ र भण्डारीले ६१ मत प्राप्त गरेका थिए ।

त्यस्तै कालीगण्डकी गाउँपालिकाको सभापतिमा निमबहादुर श्रीस निर्वाचित भएका छन् । १११ मतमध्ये श्रीसले ५६ र प्रतिस्प्रर्धी गोविन्द गौतमले ७ र रामप्रसाद न्यौपाने ४७ मत प्राप्त गरेको कांग्रेस जिल्ला सचिव खिलध्वज पन्थीले जानकारी दिए ।

जिल्लाका १० वटा पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ । रेसुंगा नगरपालिकामा सभापतिका उम्मेदवार ५ जना थिए । तर, जयश्वर पन्थी सभापतिसहित सर्वसम्मत नेतृत्व चयन भएको छ ।

मदाने गाउँपालिकामा महेन्द्र कुँवर, मालिका गाउँपालिकामा उपेन्द्र अर्याल, इस्मा गाउँपालिकामा कृष्ण प्रसाद रिजाल सभापतिसहित नेतृत्वको टुङ्गो लागेको जिल्ला सचिव पन्थीले बताए ।

त्यस्तै धुर्कोट गाउँपालिकामा हरिबहादुर थापा, गुल्मी दरबार गाउँपालिकामा प्रेम पुन, छत्रकोट गाउँपालिकामा धातानन्द भुसाल, चन्द्रकोट गाउँपालिकामा बिष्णु प्रसाद भण्डारी, रुरुक्षेत्र गाउँपालिकामा देबेन्द्र मल्ल र सत्यवती गाउँपालिकामा विष्णु भण्डारी सभापतिसहित सर्वसम्मत नेतृत्व चयन भएको हो । 

प्रतिकृया दिनुहोस्

Flash News

घरबहाल सम्बन्धी समस्या समाधान गर्न राज्यपक्ष गम्भिर हुनुपर्ने एक पक्षीय भएको भन्दै पत्रकार महासंघ रुपन्देहीको शुद्धिकरण प्रस्तावलाई प्रेस चौतारीले गर्यो अस्वीकार भारतले आफ्ना नागरिकलाई नेपाली नागरिकता दिलाउन खोजिरहेको छ : चित्रबहादुर केसी राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयनलाई सर्वोच्चले रोक्यो भिरबाट लडेर १९ वर्षीय किशोरको मुत्यु नवलपरासीमा भत्किएको पुलमा दुर्घटना भएको मृतकको परिचय खुल्यो जाउँ हिड रेसुङ्गा… १० प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन हेमन्तले जन्माएको वेलकम टु हेम्जाकोट छुवाछुत उन्मूलन दिवसको अवसरमा देविनगर राखियो सूचना वोड प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्मका लागि स्थगित गायिका समीक्षा अधिकारीको ‘ए सुवा’मा समारिका र जोन गौर हत्याकाण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, भोलि पेसी लागूऔषधसहित ६ जना पक्राउ मलेसियासँगको शृंखला उपाधि नेपाललाई जसपाको अगुवाइमा भएको संघर्षका कारण परिवर्तन सम्भव भयोः महेन्द्र यादव खाना नास्ता प्रकरण : गल्ती लुकाउन २४ लाखको झुटो विवरण, भुक्तानी दिएको १४ लाख गायब संसद बैठक १ घण्टाका लागि स्थगित नागरिकता विधेयक प्रमाणीकरणले संसद बैठक अवरुद्ध, सांसदहरुको नाराबाजी   काफल बेच्दै कलमकापीको जोह गर्दै बालबालिका