१७ जेष्ठ २०८०, बुधबार

May 31, 2023

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले पूर्वपार्टी एमाले सबै हिसाबले पतनको दिशामा गइसकेको बताएका छन् ।

Advertisement

एमाले सुदूरपश्चिमका नेता भानुभक्त जोशीलाई एकीकृत समाजवादीमा भित्र्याउँदै नेपालले अन्तिम समयसम्म प्रयत्न गर्दा पनि एमालेलाई ठिक ठाउँमा ल्याउन नसकेको बताए । नेपालले एमालेको प्रथम विधान अधिवेशनलाई तमासाको संज्ञा दिए ।

‘विधान अधिवेशनको नाममा भेला गरिएका मानिसहरूको जमात र त्यसले अगाडि सारेका मान्यता देखेर एमालेलाई सुधार्न नसकेर, ठिक ठाउँमा ल्याउन नसकिने देखेर अर्को क्रान्तिकारी पार्टी आवश्यक पर्‍यो भन्ने निष्कर्षसहित भानुभक्त जोशी नेकपा एसमा आउनुभयो,’ उनले भने ।  

जोशीको नयाँ यात्रामा सबैभन्दा पहिलो अवरोध केपी ओली गुटले गर्ने भन्दै त्यसलाई पन्छाएर अघि बढ्न निर्देशन दिए । ‘उनीहरूले भ्रम विभिन्न ठाउँमा पैदा गरेकाले चिर्नुपर्ने, अवरोध पन्छाउनुपर्ने र कम्युनिस्ट आन्दोलनको पंक्तिमा, एमालेको भ्रममा बसिरहेका पंक्तिमा सत्यतथ्य कुराहरू जानकारी गराउनुपर्छ,’ उनले भने ।  

नेपालले केपी ओली कम्युनिस्ट आन्दोलन तथा अन्य सबै हिसाबले च्यूत भइसकेको आरोप लगाए । ‘अब सम्पूर्ण रूपले च्यूत भएको औपचारिक रूपमा त्यो दिन हेर्न बाँकी छ,’ उनले भने, ‘हामी पहिलेदेखि नै यो निष्कर्षमा थियौं कि केपी ओलीलाई सुधार्न सकिँदैन ।’

ओलीमा व्यक्तिवाद, गुटवाद, निरंकुश शैली चरम रुपमा देखिएको भन्दै उनले वैचारिक स्खलन, राष्ट्रियताको मामिलामा आत्मसमर्पण गरेको, समाजवादको ध्येय र उद्देश्यलाई बिर्सिएर मुलुकलाई परिवर्तनको दिशामा अगाडि लागुनपर्नेमा यथास्थितिमा रहन थालेको यी सबै कुराले गर्दा निकै ठूलो अन्तरसंषर्घ लामो समयसम्म चलेको सुनाए ।  

‘अन्तरसंघर्षको सामना गर्ने आँट ओलीमा भएन । केन्द्रीय कमिटी नै भंग गरे । आफूसँग असहमत भएका व्यक्तिलाई पार्टीबाट निष्कासन गर्ने तहमा पुगे । सिंगो पार्टी आफ्नो कब्जामा राख्न पुगे । त्यहाँ सामूहिकता छैन । कम्पनीजस्तो हुन पुगेको छ,’ उनले भने ।  नेपालले जोशीलाई पार्टीको स्थायी कमिटीमा ल्याउने घोषणा पनि गरे ।

प्रतिकृया दिनुहोस्

Flash News

नागरिकता विधेयक प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक : लोसपा सुखी नेपाली, समृद्ध नेपालका लागि ‘एक घर एक स्काउट’, ‘एक विद्यालय एक युनिट’ प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा, राज्यमन्त्री मिनाक्षीले गरिन् स्वागत शिवजी क्षत्रीको कोरियोग्राफी र निर्देशनमा आउरे बाउरे सार्वजनिक बालेनको चेतावनीपछि मन्त्रालयको ताकेता : १० प्रतिशत शैया र निःशुल्क उपचार उपलब्ध गराउ नागरिकता विधेयक प्रमाणीकरण स्वागतयोग्य, तर प्रक्रिया मिलेन : मनिष झा सेयर बजार बुधबार पनि सम्हालिएन कोशी प्रदेशको नाममा पुनर्विचार गर्न १४ जिल्लाका कांग्रेस सभापतिको आह्वान एमालेले डाक्यो सचिवालय बैठक नागरिकता विधेयक प्रमाणीकरण क्रान्तिकारी कदम : प्रधानमन्त्री रुपन्देहीमा देवदह दरबार अनुमान गरिएको खयरडाँडामा उत्खनन आफ्नै अभियानविपरीत धनगढी उपमहानगरले बनायो नाला मिचेर सडक प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान (फोटो फिचर) जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ प्रधानमन्त्री प्रचण्ड ४ दिने भारत भ्रमणका लागि प्रस्थान कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ नेपालको राष्ट्रिय अखण्डमाथिको प्रहार रोक्न प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण केन्द्रित रहोस् : प्रजातान्त्रिक युवा संगठन बाफ्टा विजेता फिलिपको फिल्ममा सामन्था