२७ जेष्ठ २०८०, शनिबार

Jun 10, 2023

काठमाडौं । बलिउडका स्थापित निर्देशक सुरज बडजत्याले निर्देशन गर्ने फिल्म ’उचाइ’को छायांकनका लागि युनिट हिमालतर्फ लागेको छ । आइतबार काठमाडाैं आइपुगेको टोलीले दुई दिनसम्म उपत्यकाका विभिन्न स्थानमा छायांकन गरेको थियो । स्वयम्भू, एअरपोर्टसँगै युनिट बसिरहेको हायात होटलमा छायांकन सकेर युनिट हिमाली भेगमा पुगेको हो । 

Advertisement

युनिट बुधवार नै लुक्ला प्रस्थान गर्ने तालिका रहे पनि मौसममा आएको खराबीको कारणले गर्दा बिहीबार मात्र उडान सम्भव भएको हो । फिल्मका मुख्य कलाकार अनुपम खेर, परिणिती चोपडा, बोमन इरानीसहित दुई सय ५० जनाको टोली फिल्म छायांकनका लागि हिमाली भेगमा करिब एक महिना बिताउने छ । 

नेपालको लाइन प्रोड्युसर कम्पनी थ्री ह्विलर्स फिल्म्सका सुरज आचार्य छन् । सुरजले राजश्री फिल्म्सले नेपालमा छायांकन सकेसंगै बलिउडबाट अन्य धेरै सिनेमा छायांकनको लागि आउने आचार्यको विश्वास छ । फिल्मको लागि नेपालका प्रोडक्सन म्यानेजर छन्, अरुण रेग्मी । रेग्मीका अनुसार यसको छायांकन मनाङ, मुस्ताङ, सोलुखुम्बुलगायतका हिमाली भेगमा हुनेछ । फिल्ममा अमिताभ बच्चन र डेनी डेन्जोङ्पाको पनि मुख्य भूमिका रहनेछ । चारजनाको मित्रताको कथा नेपालको हिमाली भेगमा बसोबास गर्ने डेनीसँग जोडिएर सुरु हुने बुझिएको छ ।

‘मैने प्यार किया’, ‘हम आपके है कौन’, ‘प्रेम रतन धन पायो’ जस्ता  सफल फिल्मका निर्देशक बडजत्याको यो फिल्ममा केही नेपाली कलाकारहरू पनि जोडिएका छन् । ‘उचाइ’मा एक दर्जनभन्दा बढी व्यावसायिक नेपाली कलाकार, प्राविधक र भरियासहित केही स्थानीय पनि जोडिएको बताइएको छ ।

नेपाली कलाकारहरू परिमिता राणा, सरोज लामिछाने, डम्बर बोहरा, उरुशा जोशी, रमेश बज्राचार्य, तेन्जिङ ग्याचो शेर्पा, निरज मुक्तान, नारायण विश्वकर्मा, आयुश सुवेदी, स्नेहा अधिकारी, सरोज प्रजु, किस नन्दु सिंह (सिद्धार्थ), आरोन गुरुङलगायत कलाकार फिल्ममा देखिनेछन् । यद्यपि उनिहरूको भूमिका कस्तो हुने भन्ने विषयमा खुलाइएको छैन । नेपाली कलाकारको कास्टिङ छनोटको काम सिर्जना सूत्रले गरेको हो। 

‘फिल्ममा नेपाली कलाकारहरूले स्थानीयको भूमिका निर्वाह गर्नु हुनेछ’ फिल्मसंग जोडिएका एक सदस्यले भने । उचाइको छायांकन नेपालका पहाडी तथा हिमाली भेगका लुक्ला, नाम्चे, मनाङलगायत काठमाडौं र भारतको मुम्बईमा हुनेछ । छायांकनका लागि भारतबाट एक सय ८० जनाभन्दा बढी क्रु मेम्बर नेपाल आएका छन् । फिल्मको छायांकन शुक्रबारदेखि हुनेछ । 

प्रतिकृया दिनुहोस्

Flash News

१२ बर्ष पछाडी नाम्चे बजारमा सबैभन्दा बढी उच्च तापमान स्वस्तिमाले सांसद शाहलाई भनिन – मेरो तस्विरका कुरा संसदमा उठाउनु परयो ! पाल्पा लैजाँदै गरेको एक ट्रक अवैध मल बरामद ४० दिनदेखि अमेजनको घना जंगलमा हराईरहेका बालबालिका फेला परे गोप्य कागजात प्रकरणः ट्रम्प माथीको अभियोग पुष्टी भए २० बर्ष जेल सजाँय हुने कारबाही अघि नै बेलायती पुर्व प्रधानमन्त्रीले दिए सांसद पदवाट राजिनामा शोषणमा परेको प्रजातन्त्र विकासका कुरालाई राजनीतिक आँखाबाट हेर्नु हुँदैन: विनोद चौधरी नेपालले आज नेदरल्याण्डसँग अभ्यास खेल खेल्दै तराईमा तापक्रम नघटने, कोशी, गण्डकी तथा कर्णाली प्रदेश पानी पर्ने १३ वर्षदेखि रोकिएको संस्कृत विश्वविद्यालयको दीक्षान्त कार्यक्रम जेठ ३१ मा हुँदै बुटवलको ढवाहामा दोस्रो पीस पार्क मेला सुरु तिनाउमा विद्यालय व्यवस्थापन तथा अभिभावक संघका पदाधिकारीलाई अभिमूखिकरण बाघको छाला र हड्डीसहित दुईजना पक्राउ रुपन्देहीमा पर्यटन व्यवसायीको चिन्ता : ३० खर्ब लगानी डुब्ने डर, पलायन हुँदै व्यवसायी गभर्नर अधिकारी र विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता चलचित्र रोशनीको गीत ‘जुनी जुनी’ बुटवलमा विमोचन रुपन्देहीका सामूदायिक विद्यालयमा रहेका कर्मचारी आन्दोलित राष्ट्र बैंकले भन्यो- चालु खाता ५४ अर्ब ६७ करोड रुपैयाँले घाटामा गाउँको व्यथा कसलाई के थाहा ?