Jun 4, 2023
काठमाडौं । अमेरिकी वैज्ञानिकाहरुले टाउको भित्र सलाईको काँटीको आकारको एउटा इलेक्ट्रोनिक्स उपकरण जडान गरेर मानसिक तनावसम्बन्धी उपचार गर्न सकिने दाबी गरेका छन् ।
एकजना विरामीमा गरिएको प्रयोगपछि आशाजनक परिणाम आएपछि यस्तो दावी गरिएको हो । करिब ३६ वर्षीया मरिज साराले एकवर्ष अघि सो उपकरण आफ्नो टाउकोभित्र जडान गराएका थिए । उनका अनुसार २४ घण्टा चलिरहने सो उपकरणले मानसिक सन्तुलन कायम गर्न सहयोग गरिरहेको छ । यो विषयको जानकारी स्वास्थ्य जर्नल ‘नेचर’मा प्रकाशित गरिएको छ ।
सन फ्रान्सिकोको क्यालिफोर्निया विश्वविद्यालयका अनुसुन्धानकर्ताहरुका अनुसार यसले साराजस्तै अन्य विरामीमा प्रयोग गरेर अन्तिम परीक्षण गर्न बाँकी रहेको छ ।
मानसिक उपचारको लागि उक्त उपकरण टाउकोमा जडान गर्ने सारा पहिलो व्यक्ति हुन् । यसअघि उनको उपचारको लागि विभिन्न औषधि र विधि प्रयोग गरिए पनि असफल भएका थिए ।
क्यालिफोर्निया विश्वविद्यालयका मनोचिकित्सक तथा अनुसन्धानकर्ता डा. केथरिन स्कैनगोसले शल्यक्रिया गरेर साराको टाउकोभित्र उक्त उपकरण जडान गरेका थिए ।
साराको टाउको ‘डिप्रेशन सर्किट’को उपकरण जडान गरेपछि यस्तो अनुसन्धान गर्न सम्भव भएको हो । उनले सो उपकरण परीक्षणसहित उपचारको विश्वसनीयताको लागि दुईजना विरामीमा जडान गरिसकेका छन् भने नौजना थप विरामीमा उपकरण जडानको प्रयास भैरहेको जानकारी दिएका छन् । -गोरखापत्रबाट
प्रतिकृया दिनुहोस्