ताजा अपडेट »

एभरेष्ट प्रिमियर लिग: भैरहवाविरुद्ध पोखरा टस जितेर ब्याटिङमा

विहीबार, २१ असोज २०७८, १२ : ५०
4 Shares

काठमाडौं । भैरहवा ग्ल्याडियटर्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल) को दोस्रो क्वालिफायर खेलमा पोखरा राइनोजविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ ।

टियु क्रिकेट मैदानमा पोखरा कप्तान विनोद भण्डारीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । भैरहवा ग्ल्याडियटर्सले एलिमिनेटरमा काठमाडौं किंग्स इलेभेनलाई १६ रनले पराजित गर्दै क्वालिफायरमा स्थान बनाएको थियो ।

पोखरा राइनोज पहिलो क्वालिफायरमा चितवन टाइगर्ससँग ९ विकेटले पराजित भएको थियो । आजको विजेताले फाइनलमा चितवन टाइगर्ससँग खेल्नेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।