Jun 10, 2023
काठमाडौं । सन् २०२३ को डाइभर्सिटी भिसा (डि.भी) कार्यक्रमको लागि आवेदन दर्ता खुलेको छ। नेपालस्थित अमेरिकी दूतावासका अनुसार असोज २० गते रातिको ९:४५ बजेबाट आवेदन दर्ता खुलेको हो । इच्छुक व्यक्तिले कार्तिक २३ गतेसम्म आवेदन दिन सक्नेछन् ।
डिभीका लागि आवेदन दिँदा शूल्क तिर्न नपर्ने दूतावासले जानकारी गराएको छ। आवेदनसम्बन्धी सहयोग चाहीएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिन दूतावासको अनुरोध छ। डिभीको लागि dvprogram.state.gov वेभसाइटमा गएर फारम भर्नुपर्छ। आवेदनमा आफ्ना पती/पत्नी र २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानको विवरण राख्नुपर्छ।
फारम भर्दा फोटो हालसालै खिचिएको हुनुपर्ने छ। आवेदनमा विगत ६ महिनाभित्र खिचिएको फोटो चाहिने दुतावासले जनाएकाे छ। त्यस्तै, फारम भर्दा मिति ननाघेका पासपोर्टको विवरण पनि उल्लेख गर्नु पर्नेछ। सबै विवरणसहित फर्म भरेर सबमिट गरिसकेपछि कन्फर्मेसन नम्बरसहितको पत्र प्रिन्ट गर्नुपर्छ।
प्रतिकृया दिनुहोस्